लगातारकाे वर्षाका कारण नारायणी, तिनाउलगायतका नदीमा जल-सतहले खतरा तह पार गरेको भन्दै बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ । "/>

लगातारकाे वर्षाका कारण नदीकाे बहाब र पहिरोकाे जोखिम हुनसक्ने

लगातारकाे वर्षाका कारण नदीकाे बहाब र पहिरोकाे जोखिम हुनसक्ने


अहिले देशभर सामान्य देखि पुर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

लगातारकाे वर्षाका कारण नारायणी, तिनाउलगायतका नदीमा जल-सतहले खतरा तह पार गरेको भन्दै बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

साथै सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा, लमजुङ, तनहुँ, कास्की, बाग्लुङ, पर्वत, म्याग्दी, रूकुम भएर बग्ने साना नदीमा आकस्मिक बहावका साथै आसपास पहिरोको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन भनिएको छ ।
आज सबै प्रदेशका थोरै स्थानमा भारी वर्षा हुनुका साथै प्रदेश नं १बागमती प्रदेशगण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा अति भारी वर्षाको  सम्भावना रहेकोले ती स्थानहरुका सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Logo