मकवानपुरमा पहिरोले स्कारपियो र मोटरसाइकल पुरिए

मकवानपुरमा पहिरोले स्कारपियो र मोटरसाइकल पुरिए


मकवानपुर ।

जिल्लाको भिमफेदी कुलेखानी सडक खण्डको इन्द्रसरोवर गाउँपालिकामा पहिरोले स्कारपियो र मोटरसाइकल पुरिएको छ ।

इन्द्रसरोवर गाउँपालिका २ देउराली नजिक गएको पहिरोमा स्कारपियो र मोटरसाइकल पुरिएको हो ।

सो घटनामा स्कारपियोमा रहेका एक जना च्यापिएका छन् । मोटरसाइकलमा रहेका २ जनाको भने सकुशल उद्धार गरिएको छ ।
काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको बा १७ च ४८७४ नम्बरको स्कारपियो र बा ९७ प ५१४८ नम्बरको मोटरसाइकल पुरिएका थिए ।

Logo