एकै दिन १ हजार २ सयले घट्यो सुन, कति छ आजको मूल्य ?

एकै दिन १ हजार २ सयले घट्यो सुन, कति छ आजको मूल्य ?


काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । मंगलबार १७ सयले घटेको सुन आज १२ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९४ हजार ३ सयमा कारोबार भइरहेको छ । यो सोमबारको भन्दा २ हजार ९ सयले कमी हो ।

यस्तै आज तेजावी सुन तोलामा ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य भने आज प्रतितोला ४० रुपैयाँले घटेको छ । महासंघका अनुसार चाँदी आज प्रतितोलामा १,१९० रुपैयाँमा कारोबार भइरहेको छ।

Logo