कोरोना सम्बन्धी विश्व गतिविधि, कहाँ कस्ता ?

कोरोना सम्बन्धी विश्व गतिविधि, कहाँ कस्ता ?


काठमाडौं ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट हालसम्म विश्वभर संक्रमित हुनेको संख्या ३ करोड १० लाख नाघेको छ । जसमध्ये २ करोड २६ लाख १८ हजार बढी उपचारपछि निको भएका छन् भने ९ लाख ६१ हजार जना भन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।

हाल कोरोना सम्बन्धी विश्वभर भइरहेका गतिविधिहरु यस्ता छन्–

फ्रान्स : सरकार समस्या र बढ्दो मामला

इमानुएल म्याक्रोन सरकारको अगाडि नयाँ समस्या उत्पन्न भएको छ । एकातिर कोरोना संक्रमित बढ्दै छन् भने अर्कोतर्फ सरकारले सम्भावित प्रतिबन्धको विरोध गरिरहेको छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने – ‘राष्ट्रपतिले गत हप्ता कुनै तालाबन्दी वा त्यस्ता अन्य प्रतिबन्ध लगाइने छैन भनेका छन् । तर, परिस्थितिलाई ध्यानमा राखी हामीले प्रतिबन्धको बारेमा विचार गर्नु पर्नेछ । किनभने हाल यहाँ कुनै अन्य विकल्प छैन । भ्याक्सिनको लागि पर्खाइ लामो हुन सक्छ । यदि भ्याक्सिन आयो भने पनि ती सबै तुरुन्त लागू गर्न सकिदैन ।’

इजरायल : तालाबन्दीको विरोध जारी

इजरायलमा नेतान्याहू सरकारका लागि समस्या खडा भएको छ । सरकारले संक्रमण हटाउनका लागि देशका केही भागहरुमा लकडाउन लागू गरेको छ तर व्यक्तिहरु यसलाई अनुशरण गर्न इच्छुक छैनन् । एक रिपोर्ट अनुसार, इजरायलका धेरै शहरमा मानिसहरुले तालाबन्दीको विरुद्ध प्रदर्शन गरिरहेका छन् । त्यहाँका व्यक्तिहरुले आफ्नो जीवनमा मार्चदेखि नै नराम्रो असर परेको आरोप सरकारलाई लगाइरहेको छ । केही सामाजिक संगठनहरुका अनुसार, सरकारले आफ्नो असफलता देशका जनतामा दोष दिन चाहन्छ ।

अमेरिकाः ट्रम्पको नयाँ बाचा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी राजनीति र महामारीलाई अलग गर्न असमर्थ छन् । अहिले उनको नयाँ भनाई बाहिर आएको छ । ट्रम्पले अमेरिकामा कोरोना भाइरस भ्याक्सिन अर्को वर्षको अप्रिलमा पुग्ने बताएका छन् । जब की उनका पूर्व सल्लाहकारहरुले बारम्बार ट्रम्पलाई भ्याक्सिनको बारेमा कुनै पनि बाचा नगर्न सल्लाह दिइरहेका छन् । किनभने, भ्याक्सिनका लागि अमेरिकामा अनुमोदनको प्रक्रिया अन्य देशहरु भन्दा कडा छ त्यसैले यसका लागि कुनै मिति रेखा तोक्न सकिदैन ।

रुसः कोरोनाको औषधि बेच्न स्वीकृति

रुसले फार्मेसी पसलहरुमा कोरोनाभिर नामक कोरोनाको औषधी बेच्न स्वीकृति दिएको छ । यो औषधी अर्को हप्तादेखि औषधी पसलहरुमा उपलब्ध हुनेछ । फार्मेसीहरुमा हल्का र मध्यम लक्षण भएका बिरामीहरुले यो औषधी प्रेस्क्रिप्सन देखाएर खरिद गर्न सक्नेछन् । मे महिनाको सुरुमा औषधी एवीफायरलाई कोरोना बिरामीहरुको लागि प्रयोग गर्न अनुमति दिएको थियो । यी दुबै औषधी जापानमा फविपिरावीर रसायनबाट तयार पारिएको हो । हाल, यो रासायनिक औषधि विश्वव्यापी रुपमा भाइरसको उपचार गर्न प्रयोग भइरहेको छ ।

फिलिपिन्सः राष्ट्रिय आपतकालको समय एक वर्षको लागि बढाइयो

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डर्टेले महामारीलाई ध्यानमा राख्दै देशमा राष्ट्रिय आपतकालको समय विस्तार गरेको छ । यो वर्षको सेप्टेम्बर १३ देखि सुरु भएको आपतकाल अब २०२१ को सेप्टेम्बर १२ सम्म जारी रहनेछ । यद्यपी अधिकारीहरुका अनुसार, महामारीको स्थितिमा सुधार आयो भने यसको समय घटाउन सकिने बताएको छ । यस अघि यहाँ मार्चमा सरकारले ६ महिनाको लागि राष्ट्रिय आपतकाल घोषणा गरेको थियो ।

पाकिस्तानः विद्यालय खोल्ने निर्णय गलत प्रमाणित

इमरान खान सरकारले गत मंगलबार नौं र दश कक्षा बाहेकका अरु कलेजहरु खोलेको थियो । तर, बिहीबार नै ३२ विद्यालयहरु बन्द गर्नुपर्यो । बन्द गर्नुपर्ने कारण थियो डब्लूएचओले बनाएको नियमहरु पालना नगर्नु । केही विद्यालयहरुमा आधारभूत सुविधासमेत थिएन । कलेजका विद्यार्थीहरुमा नतिजा सकारात्मक देखिएपछि बन्द गर्नुपर्यो । सरकारको यस निर्णयप्रति विपक्षीले पहिले देखी नै सरकारकोे विरोध गरिरहेको थियो । खैबर पख्तूनख्वामा १४ वटा भन्दा बढी विद्यालयहरु बन्द गर्नु परेको छ । त्यस्तै राजधानी इस्लामाबादमा दुइवटा स्कुल बन्द गर्नुपर्यो ।

Logo