बालककाे हत्या

बालककाे हत्या


अछाम । बुढाकोटमा ९ वर्षीय एक बालकको हत्या भएको छ ।

साँफेबगर नगरपालिका ९ बस्ने सेतु विकका ९ वर्षीय छोरा हिमाल विकको हत्या भएको ईलाका प्रहरी कार्यालय साँफेबगरले जनाएकाे छ ।

हत्यामा संलग्न भएको आरोपमा ४० वर्षीय गणेश सुनारलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।

पक्राउ परेका सुनारलाई जिल्ला प्रहरी कार्यालय मंगलसैनमा ल्याइएको भने बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसैन ल्याइएको छ ।

Logo