११३ प्राविधिकलाई राजेश हमालकाे आर्थिक सहयोग

११३ प्राविधिकलाई राजेश हमालकाे आर्थिक सहयोग


काठमाडौं । अभिनेता राजेश हमालले कोरोना भाइरसका कारण समस्या भएका चलचित्र प्राविधिकहरूलाई आर्थिक सहयोग गरेका छन् ।

शनिवार डिल्लीबजारस्थित विजय स्मारक विद्यालयमा उनले ११३ प्राविधिकलाई प्रतिव्यक्ति ५ हजारको दरले आर्थिक सहयोग गरेका हुन् ।

अभिनेता राजेश हमालले ११३ जना प्राविधिकलाई राजेश हमालले ५ लाख ६५ हजार सहयोग गरेको प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिए । कोरोनाका कारण जीवनयापन गर्न समस्या भएको अवस्थामा अभिनेता हमालबाट प्राप्त सहयोगले ठूलो राहत मिलेको प्राविधिकहरुले बताएका छन् ।

सहयोग गर्दै  अभिनेता हमालले भने- ‘उहाँहरू पर्दा पछाडि देखिनु हुन्छ । हामी पर्दा अगाडि देखिएर नाम कमाउँछौं । तर, त्यस पछाडिको जनशक्ति कसैले देख्दैन । तर, हामीले उहाँहरुकै बुइ चढेर नाम कमाउँछौं ।’

उनले कोरोनाका कारण परिस्थिति अनुकूल नहुँदा आफूले चाहे जति सहयोग प्राविधिकहरुलाई गर्न नसकेको बताएका छन् ।

Logo