रमन कन्सट्रक्सनद्वारा फोटो पत्रकार महासंंघलाई २ सय थान प्रेस ज्याकेट सहयोग

रमन कन्सट्रक्सनद्वारा फोटो पत्रकार महासंंघलाई २ सय थान प्रेस ज्याकेट सहयोग


काठमाडौं ।

नेपाल फोटो पत्रकार महासंघलाई ऐतिहासिक धरहरा निर्माण गरिरहेको रमन कन्सट्रक्सन प्रा.ली.ले २ सय थान प्रेस ज्याकेट सहयोग प्रदान गरेको छ।

उक्त परिणामको प्रेस ज्याकेट पूर्वअर्थमन्त्री रामशरण महतको उपस्थितीमा कन्सट्रक्सनका प्रमुख कार्यकारि अधिकृत रमन महतोले काठमाडौंमा बिहिबार अनौपचारिक कार्यक्रमका वीच महासंघका केन्द्रिय अध्यक्ष ध्रुब आलेलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा संक्षिप्त भनाई राख्दै पूर्व अर्थमन्त्री महतले देश विकासमा संचारकर्मीको भूमिका महत्वपूर्ण हुने भएकाले संचार श्रेत्रको ब्यवसायिक विकासका लागि सबैको सहयोग अपरिहार्य रहेको बताए। धरहरा निर्माणको प्रसंग उठाउँदै उनले आफू अर्थमन्त्री रहँदा धरहरा पुनर्निर्माणका लागि नेपाल दुरसञ्चार संस्थानको विल भुत्तानीमा ग्राहकबाट एक प्रतिशत धरहरा निर्माणको लागि रकम जुटाउन शुरु गरेको बताए।

कन्सट्रक्सनका प्रमुख कार्यकारि अधिकृत महतोले फोटो पत्रकारहरुको योगदानको प्रसंसा गर्दै महासंघसँग सहाकार्य गर्न पाउदा खुसी ब्यक्त गरे ।

कोरोना महामारीका कारण जारी लकडाउनमा फोटो खिच्न कार्यक्षेत्रमा जानै पर्ने फोटोपत्रकारको पेशागत दायित्वका कारण प्रेस ज्याकेटको माग बढेपछि महासंघले विभिन्न संस्थाहरु मार्फत सहयोग जुटाउने पहल गरेको हो ।

महासंघले जिल्ला तथा प्रदेशबाट माग भई आएको विभिन्न परिणामको प्रेस ज्याकेट, मास्क र सेनीटाईजरहरु कार्यक्षेत्रमा सक्रिय फोटो पत्रकारहरुलाई उपलब्ध गराईरहेको छ ।
कार्यक्रममा कन्सट्रक्सनका बजार ब्यवस्थापक सन्तोष न्यौपाने उपस्थित थिए । त्यसैगरि महासंघको तर्फबाट केन्द्रीय उपाध्यक्ष सागर श्रेष्ठ , केन्द्रीय महासचिव हरिप्रसाद रेग्मी, केन्द्रीय सहसचिव नरेश श्रेष्ठ तथा काठमाडौं शाखाका सचिव किरण पन्थ लगायत उपस्थित थिए ।

Logo