कैलालीमा कोरोना संक्रमित महिलाको मृत्यु

कैलालीमा कोरोना संक्रमित महिलाको मृत्यु


कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको आज मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–५ की ५७ वर्षीया संक्रमित महिलाको मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

कोरोना संक्रमणपछि गम्भीर अवस्थामा पुगेकी महिलालाई अस्पतालको भेन्टिलेटरमा राखेर प्लाज्माथेरापी विधिबाट उपचारकाे क्रममा उनकाे मृत्यु भएकाे हाे ।

सूचना अधिकारी श्रेष्ठले भने-“रेमडेसिविर औषधिसमेत प्रयोग गरी सबै प्रयास गरिए पनि उनलाई बचाउन सकिएन ।” यही भदौ १७ गते कोरोना पुष्टि भई गम्भीर खालको लक्षण देखिएपछि १९ गते अस्पतालमा भर्ना गरिएको थियो ।

Logo