‘मन्त्रिमण्डल पुनर्गठन हुन्छ, हुनुपर्छ’-वरिष्ठ नेता माधवकुमार नेपाल,नेकपा (भिडियाेसहित)

‘मन्त्रिमण्डल पुनर्गठन हुन्छ, हुनुपर्छ’-वरिष्ठ नेता माधवकुमार नेपाल,नेकपा (भिडियाेसहित)


एउटै व्यक्ति कुनै मन्त्रालयको मन्त्री छ, उसलाई पार्टीको विभाग प्रमुख बदाउँदा उसमाथि कसरी अनुगमन हुन्छ ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा गत जेठ महिनादेखि पेचिलो रुपमा बढ्दै गएको विवाद भदौ २५ सम्म आइपुग्दा भने शान्त भएको छ । खासगरी प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली विरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष एक भएपछि विवाद चुलिदै गएको थियो । वरिष्ठ नेता नेपालले एक व्यक्ति एक पदको अवधारणामा जानुपर्ने अडान लिइरहेका छन् । यो बीचमा पार्टीमा फुट हुने संकेतहरु पनि देखा परे । तर पछिल्लो समय केही विषयमा समझदारी बनेपछि भने पार्टी फुटको दुर्घटनाबाट जोगिएको छ । यिनै विषयमा केन्द्रीत रहेर न्यूज एजेन्सी नेपालले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको पूरा अंशः

नेकपाको स्थायी कमिटीले लामो समय देखिको विवाद समाधान गरेको छ । तर पनि विभिन्न नेताहरुका अभिव्यक्तिबाट अझै पूर्ण रुपमा समाधान नभएको जस्तो देखिन्छ । के अझैपनि विमेल रहेको अवस्था हो ?

सधैभरी हाम्रो प्रयास पार्टीलाई ट्रयाकमा लयाउने, अगाडि बढाउने, गति प्रधान गर्ने र अधिकतम उद्देश्यलाई साकार पार्न अधिकतम उत्पत्ति हासिल गर्ने प्रयत्न हुनुपर्दछ । नभए संगठनको अर्थ र औचित्य रहदैन । पार्टी नामको अर्थ र औचित्य रहदैन् । त्यसैले हामीले केही धेरै छलफल बहसपछि एउटा सहमतिको बुंदा अगाडि सारेका छौँ । सहमतिका बुंदाहरुभित्र पनि कतिपय कुरामा अझै ज्यादै जोड दिनका लागि मैले पनि १७ बुंदा भनौँ वा ६१ बुंदा भनौँ त्यसलाई पनि मैले प्रस्तुत गरेको छु । जसले गर्दा केही कुराहरुमा ध्यान जान सकोस । पार्टीका कमरेडहरुले स्थायी कमिटीका सदस्यहरुले लिखित रुपमा वा मौखिक रुपमा आफ्ना कुराहरु वा सुझावहरु राख्नुभएको छ । ती सबैलाई सचिवालयका सदस्य कमरेडहरुले पनि राख्नुभएको छ । त्यो सबैलाई ध्यानमा राखेर पार्टी अवश्य पनि अगाडि बढ्नुपर्छ । त्यो बाहेक कुनै विकल्प अर्को छैन् ।

तपाईले राखेका विषयहरुलाई सुझाव भन्ने कि फरक मत ?
सुझाव भनौँ, त्यो फरक मत होइन । छलफल बहस भइसकेपछि कसैको सहमति छैन भन्यो भने फरक मत हुन्छ । त्यहाँ फरक मत राख्नुपर्ने केही छैन । पार्टीको सिद्धान्तसँग र पार्टीको विधानसँग मेल खाने कुराहरु नै छ । त्यस अनुरुपकै कुराहरु छन् । पार्टीको सिद्धान्तसँग, पार्टीको राजनीतिसँग, पार्टीको विचारसँग, पार्टीको विधानसँग र पार्टीले अगाडि सारेका मूल्य र मान्यताहरुसँग पनि मेल खान्छ भने त्यसमा कसैले आपत्ति गर्नुपर्ने कुरा मलाई लाग्दैन् ।

असार १० गते बालुवाटार छिर्दै गर्दा जुन बिमति थियो भदौ २५ गते बाहिर निस्कदा निमिट्यान्न भएका हुन् ?
अब निमिट्यान्न पार्नुपर्छ भन्ने मान्यताबाट अगाडि बढेका हौँ ।

अहिले देखिएको नीतिमा समस्या हो कि नियतमा हो ?
नीतिमा समस्या होइन । नीतिलाई आत्मसाथ गर्ने कुरामा, विचारलाई आत्मसाथ गर्ने कुरामा र विचारलाई तदनुकुल व्यवहारमा लागू गर्ने कुरामा देखा परेका समस्या हुन् ।

अब अहिले जुन सहमतिको दस्तावेज बनेको छ त्यसलाई अक्षरसः पालना गरेर जानुपर्ने हो ?
सहमतिको दस्तावेज भनिएको छ । पार्टीको स्थायी कमिटिले पास गरेको छ । त्यो मैले सबै पढ्न पाएको छैन् । हामीले पाएकोमा मैले केही टिप्पणीहरु गरे । सबैका सुझाव त्यहाँ समेटिए वा समेटिएनन् मैले हिजो मात्रै प्रिन्टआउट कपि पाएको छु । अब त्यसलाई मैले सबै पढ्नुपर्नेछ । त्यो पढिसकेपछि मात्रै त्यसबारेमा अन्तिम राय बन्नेछ । अहिले के भन्न सकिन्छ भने त्यहीअनुसारले आएको होला भन्ने ठानेर त्यसलाई मैले सकारात्मक रुपमा लिएको छु ।

अहिले नेताहरुको जिम्मेवारी लगायतका विविध कुराहरु पनि आएका छन् । जिम्मेवारी बाँडफाँड वरिष्ठ नेताहरुदेखि तलसम्म यहाँले केही सोच्नुभएको छ ?
जिम्मेवारीको बारेमा त मेरो धारणा स्पस्ट छ । जस्तो पोलिटब्यूरोे बनाउनुप¥यो भने पहिले त मान्छेलाई संगठित गर्नुप¥यो । संगठित गरेपछि बल्ल जिम्मेवारी दिन प¥यो । संगठित नै गर्नुभएको छैन भने के जिम्मा दिनुहुन्छ । त्यसलाई कमिटीमा आवद्ध गर्नुप¥यो । सदस्यता दिने कुरा संगठित होइन् । त्यसलाई संगठनमा आवद्ध गर्ने कुरालाई नै संगठित भनिन्छ । अनि संगठन भइसकेपछि कामको जिम्मेवारी हुन्छ । अनिमात्र उसको कामको जिम्मेवारी तय हुन्छ र त्यसको व्याख्याहरु गरिनेछ ।
जहाँसम्म कुरा के छ भने पोलिटब्युरो बनाउनुप¥यो के कसरी बनाउने । जसरी केन्द्रीय कमिटीको गठन भएको थियो त्यसरी नै गर्ने हो । केन्द्रीय कमिटीको गठन कसरी गरिएको थियो भने विद्यमान केन्द्रीय कमिटीका सदस्यहरु यथावत नयाँ केन्द्रीय कमिटीमा बस्ने । मान्यता के थियो भने पुरानो केन्द्रीय कमिटीको संख्याको आकार ठूलो छ भने संख्या घटाउँदा वरिष्ठहरुले प्राथमिकता पाउने । पूर्व एमालेमा समस्या भएन किनभने २ सयको संख्या थियो ।

अनि हाम्रो गर्दा २ सय ४२ हुन पुग्यो । भनेपछि २ सय यथावत रहने भए । पूर्व माओवादीभित्र के भयोभन्दा संख्या निकै ठूलो थियो । त्यो ठूलो संख्याबाट छाँटेर ल्याउनुपर्ने भयो । २ सय पूर्व एमालेको राख्यौँ भने २ सय उता दिऔँ र बाँकी ४१ जना थपेर ६० र ४० प्रतिशतको मोटामोटी रेसियो तय गरौँ भनेर तय भएको थियो । त्यसअनुसार २ सय उहाँहरुले छानेर ल्याउनुभयो त्यसमा हामीलाई जानकारी हुने कुरा भएन् । किनभने एकीकृत भइसकेपछि बल्ल कार्यकर्ताहरुको जानकारी हुन्छ र उनीहरुको बारेमा उचित मूल्याङ्कन भयो भएन भन्ने कुरामा हामी सबैको ध्यान जान सक्दछ । मेरो ध्यान कहाँ जाने भयोभन्दा पूर्व एमालेमा जाने भयो । त्यसो हुँदा हाम्रो २ सयको यथावत भयो । ४१ वटा गर्दा कतिपय मिले कतिपय मिलेन तर पनि एउटा अवस्थामा हामीले मिल्यौँ ।

अब त्यसपछिको अवस्थामा पोलिटब्यूरो कसरी गर्ने यस अघिका पोलिटब्यूरोमा जो सदस्य भएर आएका छन् । नवौं महाधिवेसनबाट जितेका र महाधिवेसनपछि पोलिटब्यूरो सदस्य नभएका तर विगतमा निर्वाचित भएकाहरुको संख्या कति छ त्यो हेरौँ । त्यो संख्याभन्दा बढी नै संख्या चाहिन्छ होला । जस्तो मानिलिउँ ४ सय ४१ जनाको केन्द्रीय कमिटि छ र त्यसको एक तिहाई १ सय ३७ हुन्छ भने अथवा १ सय ३८ हुन्छ भने त्यो १ सय ३८ मा दुबैतिर हिसाब गरौँ र त्यसपछि पूर्व एमालेतर्फ यति संख्या राख्ने र पूर्व माओवादीतर्फ यति संख्या राख्ने भन्ने हुन्छ । एकीकरण नभएसम्म त्यो संख्यामा जानुप¥यो । एकीकरण भइसकेपछि भाग लगाउने भन्ने हुँदैन् । एकीकरण भइसकेपछि एउटै पार्टी भयो ।

त्यसो भए एकीकरणको अन्तिम रुप एकीकृत महाधिवेसन नै हो ?
होइन त्यो महाधिवेसन भनेको के हो भन्दा त्यतिबेला एकीकृत पार्टी भइसक्यो । एकीकृत पार्टीको महाधिवेसन हो त्यो । अब नेकपा भनेपछि एकीकृत पार्टी हो । त्यहाँ अब कुनै किसिमको भेदभाव भन्ने कुरा आउँदैन् । अब सबै समान भए । अब यहाँ रेसियोको कुरा आउँदैन् । त्यसो भएको हुनाले पोलिटब्यूरोको साथमा पुरानाहरुको हक स्वतः हुने भयो । नयाँको हकमा पनि मापदण्ड तय गर्ने । कति पटक केन्द्रीय कमिटीको सदस्य भए । सबैभन्दा बढी सदस्य भएको छ उसले पहिलो प्राथमिकता पाउने । दुई पटक भएकोले दोस्रो प्राथमिकता पाउने । या पाहिलो पटक भएकाहरुमध्येबाट पनि पुरानो इतिहासलाई हेरिकन र त्यसको मूल्याङ्कन गरेर तय गर्ने भएपछि विवाद साँघुरिने भयो । मानिलिउँ १ सय गर्नुछ भने ९० प्रतिशतमा विवाद भएन १० प्रतिशतको बारेमा क्लियर मापदण्ड बनाउदै गर्न सकिन्छ ।

समस्या समाधान गर्ने तरिकामा वैज्ञानिक विधि अपनाउनुप¥यो नी । त्यो वैज्ञानिक विधिको पक्षमा म छु । वैज्ञानिक तरिका अपनाइसकेपछि मान्छेलाई चित्त बुझ्छ । यो पार्टीको हकमा पनि लागु हुन्छ र राज्यको हकमा पनि लागु हुन्छ । राज्यको हकमा जब अन्तर्वार्ता लिइन्छ तब मनोगत गरिन्छ अन्तर्वार्तामा पनि मनोगत गर्नका लागि प्रणाली विकास भइसकेको छ । अब्जेटिभ प्रश्न सोध्ने र त्यसको जवाफ के आयो भन्ने कुरा कम्प्युटरले क्लियर गरिदिन्छ । मनोगत हुँदैन् । हामीकोमा मनोगत राख्ने बानी पनि रहने गरेको छ । कुनै पनि व्यक्ति कसरी आएको छ त्यो इम्प्रेसनको पक्ष पनि हुन्छ त्यो त दिनुपनि पर्छ । तर त्यो न्यूनतम दिनुपर्छ । किनभने उसले पनि काखा र पाखा गर्न सक्दछ ।

मेरो नजिक वा टाढा ठान्न सक्दछ । त्यसो भएको हुनाले यसलाई पनि संसारमा अपनाइएका वैज्ञानिक विधि त्यो हामी पनि अपनाऔँ । यो राज्यको हकमा पनि म भन्दैछु । राज्यलाई पनि चलाउने कम्युनिष्ट पार्टी त झन ज्यादा वैज्ञानिक तरिकाले अगाडि बढ्नुप¥यो । जब हामी आफ्नो आचरणमा ठिक भयौँ भने समाजलाई राम्रो स्थापित गर्न सक्छौँ । जब हामी पार्टी ठिक ढंगले सञ्चालन गर्न सक्यौँ भने राज्य पनि राम्ररी सञ्चालन गर्नसक्छ । अनि पार्टीभित्र न्याय दिन सक्यो भने मात्रै राज्यलाई न्याय दिन सक्छ । अनि मात्रै राज्यमा रहेका सबै नागरिकहरुले यो महशुस गर्छन कि म माथि अन्याय हुनेछैन् मैले न्याय पाउने छु र अन्यायको अन्त्य हुनेछ भन्ने हुन्छ ।

त्यसैले मैले पोलिटब्यूरोको कुरा गरे, त्यसैगरी अरु निकायको कुरा पनि त्यही ढंगले गर्दछ । विगतमा भएका त्रुटिहरु सच्याउनु पर्दछ । विगतमा सदस्य नभएका व्यक्तिलाई बनाइएको छ प्रदेशको समितिको सदस्य । मापदण्ड पुग्दै नपुग्ने मान्छेलाई बनाइएको छ । सिनियर मान्छेलाई हटाइएको छ प्रदेश कमिटिको हकमा र जिल्ला कमिटिको हकमा त्यस्तो देखिएको छ । यसबाहेक पार्टी सदस्यतालाई पनि अपडेट गर्नुप¥यो । दुई वटा पुराना पार्टीको सदस्यतालाई पनि एकीकरण गर्नुप¥यो । दुईवटैलाई नविकरण गर्नुप¥यो । त्यसबाहेक पार्टीका सम्पत्तिहरु छन् कार्यालयहरु छन् । संसदीय दल छ । दललाई मिलाउनु प¥यो । दलका सदस्यहरु एउटै ठाउँमा आउनुप¥यो । अहिले अलग अलग दुइ वटा दलमा जाने गरेको छ । हिजो भएको खर्चको हिसाब किताब लिनुप¥यो ।

त्यसो भए पार्टी भावनात्मक रुपमा अझै एक हुन नसकेको हो ?
भावनात्मक रुपमा त एक गर्दै जानुपर्छ । त्यसको निम्तिमाथिबाट नै प्रयत्न गर्दै जानुपर्छ । अनि कमिटी प्रणालीमा आवद्ध हुने वित्तीकै भइहाल्छ । पूर्व दुई वटै पार्टीले पहिलो पटक एकता गरेर आएका होइनन् । यसमा पनि पूर्व एमालेको कुरा गर्नुहुन्छ भने एकताको हिसाब गर्दै जानुपर्छ कति वटा समूहलाई गरियो तपाईहरु पनि खोज्नुहोला । दर्जनौँ स–साना समूहहरुसँग एकतावद्ध हुँदै र गर्दै आएका छौँ । एकतावद्ध भएको पार्टीभित्र पनि विभाजन भएर फेरि त्यसलाई पनि मिलाएर अगाडि बढेका छौँ । त्यसैले यसका निम्ति धेरै लामो अभ्यास भइसकेकाले हामीले अब एउटा निचोड निकालेर अगाडि बढ्नुपर्ने कुरा मात्रै हो । समस्या छैन त्यसो हुनाले इच्छा हुनुप¥यो उपाय निस्किन्छ ।

बैठकबाट सरकार सञ्चालनमा पार्टीले सहयोग गर्ने अथवा सरकारले पार्टीसँग निरन्तर परामर्श गर्ने भन्ने छ । जिम्मेवारी हेरफेरको कुरा पनि आएको छ । मुख्य मन्त्री अथवा मन्त्रिमण्डल हेरफेरको विषयमा यहाँको टिप्पणी के छ ?
अब त गर्नुप¥यो नि । एक व्यक्ति एक जिम्मेवारी भन्ने कुरा त तलसम्म लागु गर्नुप¥यो । नभए उही व्यक्ति मेयर छ र उही व्यक्ति त्यहाँको प्रमुख छ । उसलाई कामको जिम्मेवारी दिइएको छ अनि उसको कामको अनुगमन गर्ने ठाउँमा पनि आफै बसेको छ । अनुगमन पनि आफै गर्दैछ लागु पनि आफै गर्दैछ । त्यसमा चेक एण्ड ब्यालेनसको सिस्टममा न जाने हो । कम्युनिष्ट पार्टीभित्र पनि चेक एण्ड ब्यालेन्सको सिस्टम हुनुपर्दछ । पार्टीमा दुई वटा अध्यक्ष भएको हुनाले सजिलो भयो । नभए दुई वटा जिम्मेवारी दिनुपर्ने स्थिति बन्छ । किनभने एउटा पार्टीमा एउटा अध्यक्ष हुने भएको हुनाले प्रायः त्यस्तो अवस्थामा अर्कोलाई जिम्मा दिने गर्छौं ।

त्यही गरेका पनि छौँ । विगतमा २०५१ सालमा हामीले उपमहासचिव पदको सृजना गरेर संगठन चलाउने कामको जिम्मा दिएका थियौँ । अहिले त माथिको हकमा त्यस्तो समस्या भएन् । तलपनि कार्यकर्ताहरु धेरै छन् समस्या त छैन मान्छेहरु नहुँदा पो सबै जिम्मेवारी एउटै मान्छेलाई दिउँ भन्ने हुन्थ्यो । अब त यहाँ यतिधेरै नेताहरु हुनुहुन्छ कि यति धेरै अनुभव प्राप्त भएका व्यक्तिहरु हुनुहुन्छ कि यहाँ जिम्मेवारी दिने मान्छेको अभाव छैन् ।

स्थायी कमिटी बैठकको निर्णयअनुसार कार्यकारी अध्यक्षको जिम्मेवारी पुष्पकमल दाहाललाई दिइसकेपछि एक व्यक्ति एक पदको सुरुआत भएको भन्न सकिन्छ ?
एक व्यक्ति एक प्रमुख जिम्मेवारीको कुरामा मोटामोटी भन्न सकिन्छ । माथि केन्द्रमा लागू भएको मान्नुपर्छ ।

त्यसो भए त्यही आधारमा मन्त्रिमण्डलदेखि लिएर प्रदेश हुँदै तल्लो इकाई सबैमा त्यही पद्धति अवलम्बन हुन्छ ?
त्यो हुनुपर्छ जस्तो कुनै एउटै व्यक्ति कुनै मन्त्रालयको मन्त्री छ उसैलाई पार्टीको विभागको प्रमुख बनाइसकेपछि उसमाथि अनुगमन हुने कसरी ? उसको कामको निगरानी कसरी गर्ने ? उसलाई कसरी सुझाव दिने ? किन भने उ आफै छ त्यहाँ । उसको मानसिकता कस्तो हुन्छ भने मैले राम्रो गरेको छु । राम्रोबाट सुरु गर्छ । अरु व्यक्ति सबै पूर्वाग्रही त हुँदैनन नि अरुले पाउने वित्तीकै नराम्रो गरेको छ ? गर्दैन न नि ।

त्यस्तो उद्देश्य छ कोही मान्छेको भने त्यो व्यक्तिगत कमजोरी हुन्छ । किनभने नकारात्मक सोचबाट मात्रै चल्न हुँदैन् । व्यक्तिमा रहेका राम्रा कुराहरुलाई पहिले हेर्नुपर्छ । गरिएका राम्रा कुरालाई पहिले ध्यानमा राख्नुपर्छ । हुन गएका कमी कमजोरीहरु पनि मित्रतापूर्ण ढंगले मित्रवत तरिकाले देखाउनुपर्छ सुधार्ने उद्देश्यका साथ तर ध्वस्त पार्ने उद्देश्यले होइन, बदनाम गर्ने उद्देश्यले होइन । सुधार्ने उद्देश्यका साथ आफ्नो कुराहरु बताउनु सक्नुपर्छ ।

स्थायी कमिटीको बैठकबाट महाधिवेसनको मिति तय गर्नुभएको छ । निर्धारित समयमा महाधिवेसन हुने सम्भावना कत्तिको देख्नुहुन्छ ?
अस्ति मात्रै मिति तय गरेको होइन । पहिल्यै तय गरेका हौँ । पहिले नै हामीले महाधिवेसन चैतमा गर्ने तय गरेका थियौँ । त्योभन्दा पहिले २०७६ को अन्त्यमा गर्ने कि भन्ने थियो । २०७६ को अन्त्यमा गर्न नसकेपछि २०७७ को अन्त्यमा लगेको हो । त्यसैले यो मिति अहिले तय गरेको होइन् । यो मितिमा फेरि जोड दिइएको छ । त्यसको निम्ति हाम्रो सबै योजनाहरु बन्छ । कार्ययोजनाहरु मोटामोटी रुपमा बनेका पनि छन् । संगठन विभागलाई कामको जिम्मा दिइएको पनि छ । संगठन विभागको काम नै मुख्य काम हुन्छ । त्यसमध्ये पहिलो कुरा भनेको सदस्यता सम्बन्धि समस्या नै सबैभन्दा ठूलो समस्या हो । दोस्रो भनेको विभिन्न तहका कमिटीहरुको अधिवेसन गर्ने वा नेतृत्को चयन गर्ने कुरा हुनेछ । तेस्रो दस्तावेजको तयारी गर्ने कुरा हुनेछ । दस्तावेज गर्दा राजनीतिक प्रतिवेदनमा गहन छलफल र बहस होला । समाजवादको नेपाली मोडल के हुन सक्दछ भन्ने दस्तावेज पनि तयार हुनसक्ला । विधानमा कस्तो बन्दोबस्त गर्ने, कतिवटा पद राख्ने, के कति वटा तह राख्ने, संख्या वा आकार कति गर्ने ।

४ सय ४१ जना केन्द्रीय कमिटी जम्बो बनाउन हुँदैन भन्ने सबैलाई लागेको पनि छ । त्यो व्यवहारिक पनि हुँदैन् । हाम्रो देशमा गर्नुप¥यो भनेपनि हलमा पनि ती मान्छे अट्दैनन् । कोरोना नहुँदा पनि यतिधेरै सदस्य हलमा अटदैनन् । अब चीन जस्तो देशमा विसाल पार्टीको केन्द्रीय कमिटिको संख्या २ सय छ । त्यहाँ पार्टी सदस्यको संख्या ९ करोड छ । हाम्रो सिंगो देशको जनसंख्या भनेको ३ करोड हो । हाम्रो पार्टी सदस्यमा हामीले अनुमान गरिरहेको ८ लाख हो । ८ लाखमा रेसियो निकाल्ने हो भने कति कम हुन्छ । भारतकै पार्टीको हेर्ने हो भने केन्द्रीय कमिटी कत्रो छ र ? पोलिटब्यूरो कत्रो छ र ? ता कि पार्टी सदस्यता संख्या नेपालमाभन्दा ठूलो छ त्यहाँ । त्यस्तो अवस्थामा हामीले संख्यालाई घटाउनै पर्छ ।

जुन पार्टीको टाउको ठूलो छ त्यो पार्टी सुक्न थाल्यो भनेर बुझ्न थाले हुन्छ । टाउको ठूलो भूडि ठूलो भयो भने त्यो मान्छे रोगी हो भनेर बुझ्नुभए हुन्छ । जसको जिउ पातलो छ टाउको पनि ठिक्क छ, दिमाग सफा छ, र खुट्टा बलियो छ भने त्यसले जस्तो सुकै जिम्मेवारी बहन गर्न सक्छ । चुनौतिको सामना गर्नसक्छ । पार्टीको हकमा पनि त्यही लागु हुन्छ । पार्टीका दुई वटै खुट्टा र हात दह्रो हुनुप¥यो, जिउ सिलिम हुनुप¥यो, कमिटिहरु सिलिम हुनुप¥यो । एकदम क्षमतावान मान्छेहरु आउनुप¥यो । तल जनताको बीचमा फैलिन प¥यो । घर बनाउँदा तलको जगलाई बलियो बनाइसकेपछि भूँइचालो गएपनि त्यसले सामना गर्छ । त्यस्तै यो पार्टीको जग बलियो बनाउने हिसाबले हामी जानुपर्दछ ।

आन्दोलनलाई पार्टीलाई नयाँ उचाई, नयाँ चरणमा पु¥याउने हो । पार्टी बाँच्नु छ आन्दोलनबाट । आन्दोलन गर्न सकेन भने, संघर्षमा उत्रिन सकेन भने, जनतासँग गासिन सकेन भने, जनताको दुःखको साथी हुन सकेन भने र जनताको पिर मर्काको बेलामा सहयोगी हुँदैन भने त्यो पार्टी जनताको लोकप्रिय पार्टी हुनै सक्दैन् । यो एकातिर पार्टी संगठनको क्रियाशिलताको आवश्यकता पर्छ भने पार्टीले जिम्मेवारी प्राप्त गरेको ठाउँको परिणाम राम्रो गर्न सक्नुपर्दछ । के जनताले पत्याएर विश्वास गरेर जिम्मेवारी प्रदान गरेका छन् ? त्यो जिम्मेवारीलाई योग्यताका साथ, क्षमताका साथ कार्यकुशलताका साथ, स्वच्छताका साथ, निस्पक्षताका साथ र छिटो छरितो रुपमा परिणाममुखि हिसाबबाट, परिणाम दिने हिसाबका साथ गर्न सक्यो भने जनताको मन जित्न सक्छ । विश्वास जित्न सक्दछ र पार्टीलाई नयाँ उचाईमा पु¥याउन सकिन्छ ।

दुई अध्यक्षतात्मक व्यवस्था महाधिवेसनसम्म मात्रै हो कि एकल अध्यक्षमा जाने निश्चित भइसकेको छ ?
अब त्यो हामीले छलफल गर्नै बाँकी छ । त्यसमा हामी प्रवेश गरेका छैनौँ । हामी उपाध्यक्ष राख्ने कि नराख्ने ? राख्ने हो भने कतिवटा राख्ने, महासचिवको के हुन्छ, उपमहासचिव राख्ने कि नराख्ने ? सचिवको के गर्ने, त्यस्तै स्थायी कमिटी कत्रो बनाउने ? सचिवालय राख्ने कि नराख्ने ? केन्द्रीय कमिटीको आकार कत्रो बनाउने ? प्रदेश कमिटीको आकार कत्रो बनाउने ? प्रदेशभित्रका कमिटीहरु कत्रो बनाउँदै जाने ? जिल्ला कमिटीको आकार कत्रो बनाउने ? जनवर्गिय संगठनको संख्या पार्टीले निर्देशन दिएर हुन सक्दछ, पार्टीको विभागहरुको संख्या कत्रो बनाउने ? कति वटा विभागहरु राख्ने सबै विधानले तय गर्ने स्थिति रहन्छ । भनेपछि यो सबै कुराको निम्ति हामीले महाधिवेसनको बेलामा विधानको बारेमा छलफल गरेर टुंगो लगाउँछौँ ।

महाधिवेसनमा यहाँको नेतृत्वमा दाबी रहने चर्चा छ नि ?
अब यो सबै आइसकेको छैन् । त्यसो हुनाले म नेतृत्वमा दाबी गर्ने कि नगर्ने यो पिरलो म मा छैन् । मेरो के हुने हो, बर्बाद पो हुने भो म त्यस्तो कदको मान्छे होइन । कामको आवश्यकताले मैले कहाँ जिम्मेवारी पाउने हुँ वा पार्टी कार्यकर्ताहरुले मलाई कुन हिसाबले भन्ने हुन त्यसको आधारमा र नेतृत्वको बीचमा कस्तो सहमति हुन्छ त्यसको आधारमा टुंगो लाग्छ ।

पूर्व एमाले हुँदा अथवा पूर्व माओवादी हुँदा विशेष गरी कम्युनिष्ट पार्टीमा दुईवटा नेता मिलेर अर्कोलाई चेपुवामा पारिन्छ भन्ने कुराको गुनासो आउने गथ्र्यो । अहिलेको नेकपामा पनि त्यस्तै अवस्था हो ?
त्यस्तो हुँदै आएको छ र ? छैन । त्यस्तो भएको छैन् । त्यस्तो हुँदै आएको छैन । किनभने हामी हिजो चेपुवामा पार्ने तरिकाले हामी कहिले पनि गइराखेका छैनौँ । हामीहरु सबैका योग्यता क्षमताहरु के छन किन भने कम्युनिटी प्रणालीमा गइसकेपछि समस्या हुँदैन् । त्यहिं छलफल हुन्छ व्यक्तिको बारेमा कमी कमजोरी छन् भने आलोचना त्यहिं हुन्छ । कमजोरी सुधार्नका लागि आत्मालोचना पनि त्यहिं हुन्छ । आपसमा कुनै अन्र्तविरोध छन् भने ती पनि बसेर छलफल गर्न सकिन्छ । तर हामी सबैभन्दा बढी के कुरामा विश्वास गर्छौं भने सामूहिकतामा विश्वास गर्छौं । हामी कमिटी प्रणालीमा विश्वास गर्छौं । हामी कम्युनिष्ट आचरणमा विश्वास गर्छौं । कम्युनिष्ट तौर तरिकामा विश्वास गर्छौं । कम्युनिष्ट तौर तरिका भनेको वैज्ञानिक तौर तरिका हो । जनतासँग जोडिने तौर तरिका हो । जनताको मन र विश्वास जित्ने तौर तरिका हो ।

हाम्रो पहिलो फोकस जहिले पनि देश भक्तिको भावना हुन्छ । हामी नेपाली हौँ यो नेपाली स्वाभिमानको भावना सबैभन्दा बढी यो समाजमा कुनै पार्टीले बोकेको छ भने त्यो कम्युनिष्ट पार्टीले मात्रै बोकेको छ । त्यसैले कम्युनिष्ट पार्टीको देश भक्तिको, पार्टीका कार्यकर्ताको देशभक्तिमाथि कसैले पनि प्रश्न खडा गर्दैन बरु आशा, अपेक्षा र विश्वास गरिरहेका हुन्छन् । कम्युनिष्ट पार्टीले जनतालाई केन्द्रबिन्दुमा राख्दछ । जुन कम्युनिष्ट पार्टीले जनतालाई केन्द्रबिन्दुमा राख्यो, जसले जनताको मन जित्यो, विश्वास जित्यो, जनतामा पनि गरिब, निमुखा, असाहय, अन्याय, अत्याचार थिचोमिचोमा परेकाहरु, विभेदमा परेकाहरुको पक्षमा छ र आम जनताको जीवनलाई परिवर्तन गर्ने समाजलाई रुपान्तरण गर्ने हुन्छ ।

त्यस्तै सिंगो समाजलाई कस्तो संस्कारयुक्त बनाउने । समाजलाई सबै हिसाबले संस्कारको पक्ष संस्कृतिको पक्ष, बानी व्यहोराको पक्ष, आर्थिक जीवनको पक्ष, त्यसपछि मान्छेलाई उसको योग्यता क्षमता अनुसार परिचालन गर्ने पक्ष पनि छ । उसको व्यक्तित्व विकास गर्नका लागि के गर्न सकिन्छ आर्थिक समस्यालाई समाधान गर्न के गर्न सकिन्छ, सिंगो देशलाई समृद्ध बनाउन के गर्न सकिन्छ र त्यसमा पनि कस्तो किसिमको नागरिक तयार गर्ने यस अर्थमा राज्यले केही जिम्मेवारी बोकेको हुन्छ । शिक्षा, स्वास्थ्य र मान्छेको जनजीविकाको र रोजगारीको यो तीन वटै दायित्व राज्यले बोक्नुपर्ने हुन्छ । त्यस्तै प्रत्येक व्यक्तिमा रहेको क्षमता र अन्र्तनिहित क्षमताको विकास गर्ने कुरालाई जोड दिइन्छ ।

यी सबै काम गर्नका लागि हामीले हाम्रो देशको अर्थतन्त्रलाई समाजवादको दिशामा अर्थात सामाजिक न्यायको दिशामा या वैज्ञानिक वितरण प्रणाली अवलम्बन गर्ने दिशामा अगाडि बढनुपर्दछ र समग्रतामा राष्ट्रिय पूँजीको विकास गर्ने हो । हामी यस्ता कुनै पनि पूँजीहरु जो देशको अर्थतन्त्रलाई खाने लुटने काम गर्दछ चाहे त्यसलाई दलाल पूँजी भन्नुहोस या त्यो विदेशी पूँजीको नाउँमा नेपाललाई लुटन आउने कुराहरु जो हामी अस्वीकार गछौँ । तर देशकोहित र कल्याणको निम्ति विदेशी पूँजीलाई पनि स्वागत गछौँ । पूँजी कसैले लगाइसकेपछि मुनाफा चाहन्छ तर मुनाफाको नाउँमा लुट मच्चाउन दिने पक्षमा हामी छैनौँ ।

स्वभाविक मुनाफाको बीचमा रहेको फरकलाई बुझिकन राज्यले पनि लाभ प्राप्त गर्ने र आम रुपमा जनताले लाभ प्राप्त गर्ने यो दुई वटालाई सुनिश्चित गरेर देशको स्वाभिमानमा आँच नपुग्ने गरी, मर्यादामा कुनै आँच नपुग्नेगरी हामी सबैलाई उचित ढंगले सम्मान पनि गर्छौं । त्यही अनुसारको विदेश नीति पनि अवलम्बन गर्छौं । त्यो विदेश नीति नेपालको सन्दर्भमा एकदम रणनीतिक ठाउँमा छ यो नेपाल, त्यसैले नेपाल कुनैको पनि खेमामा सामेल हुँदैन् । कसैको पनि प्रभावमा परेर पक्षमा जाँदैन । कुनै एउटाको चस्माबाट अर्कोलाई हेर्दैन । एउटाको आँखाबाट अर्कोलाई हेर्दैन ।

नेपाललाई पनि कसैले अरुको आँखाबाट नहेरिदिउन सिधै आफ्नो आँखाले नेपाललाई हेरुन । नेपालको भण्डै चारदेखि पाँच हजार वर्षको पुरानो इतिहास छ, गौरवशाली इतिहास छ, कहिले पनि उपनिवेस नभएको गौरवगाथाले भरिएको यो इतिहास छ यो इतिहासको गौरव गाथालाई बोकेर लिएर जाने, अगाडि बढाएर लैजाने अभिभारा हाम्रो काँधमा आएको हुनाले कम्युनिष्ट पार्टीले बाहेक नेपालको राजनीतिमा अरु कुनै पार्टीबाट हुन्छ भन्ने मलाई विश्वास छैन् । त्यसैले कम्युनिष्ट पार्टीका हामी नेताहरु गम्भीर बनौँ, जिम्मेवार बनौँ र सिंगै पार्टी पंक्तिलाई प्रफुल्ल बनाएर जनताको मन पनि प्रफुल्ल हुने अवस्था सृजना गरेर अगाडि बढौँ ।

Skip This
Logo