कोरोना भ्याक्सिन परीक्षण कहाँ पुग्यो ? (भिडियाेसहित)

कोरोना भ्याक्सिन परीक्षण कहाँ पुग्यो ? (भिडियाेसहित)


काठमाडौं ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको आठ महिना बितिसक्दा पनि भ्याक्सिन अनुसन्धानमै रहेको छ । धेरै भ्याक्सिनहरुको विभिन्न चरणमा परीक्षण चलिरहेको छ । कोरोना भाइरसलाई एक महामारीको रुपमा घोषणा गरिएको छ महिना पुरा भइसकेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मार्च ११ मा यसलाई महामारीको रुपमा घोषणा गरेको थियो । डब्लूएचओका निर्देशक टेड्रोस गेब्रिसले देशहरुमा नेतृत्व र ऐक्यबद्धताको अभाव नै सबैभन्दा ठूलो चिन्ताको विषय रहेको बताएका छन् । उनले भने, ‘हामी विभाजित भएका कारण भाइरस बढी फैलिएको हो । यो भाइरस सबैसँगै मिलेर मात्र पराजित गर्न सकिन्छ ।’

अक्सफोर्ड युनिभर्सिटीले कोरोना भ्याक्सिनको परीक्षण फेरि सुरु गर्दै

एस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटीले बनाएको कोभिड १९ को भ्याक्सिन परीक्षण फेरि सुरु गर्ने भएको छ । पहिलो एक परीक्षणमा बेलायती बिरामीको साइड इफेक्टपछि रोकिएको थियो । ब्रिटेन नियामकहरुले अनुमोदन गरेपछि परीक्षण पुनः सुरु गरिएको हो ।

न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार, बिरामीको स्वास्थ्य बारेमा जानकारी गोप्यताका कारण प्रदान गरिने छैन तर बेलायतमा गरिएको परीक्षणमा एक स्वयंसेवकले ट्रान्सभर्स माऐलिटिस, एक इन्फ्लेमेटरी सिन्ड्रोम जसले हड्डीमा असर पारेको भन्दै रिपोर्ट गरेको थियो ।

भिडियाे :

एस्ट्राजेनेका कम्पनीले भने, ‘अध्ययन रोकेपछि भ्याक्सिनले साइड इफेक्ट भयो कि भएन भनेर अनुसन्धान गरियो ।’ तर, युनिभर्सिटीले शनिबार यसलाई जारी राख्न सुरक्षित भएको जनाएको छ ।

सोही अनुसार, स्वास्थ्य सचिव म्याट ह्यान्ककले पुनः परीक्षणको खबरलाई स्वागत गरेका छन् । उनले भने, ‘परीक्षण रोक्ने निर्णयले सुरक्षा हाम्रो लागि प्राथमिकता रहेको देखाउँछ । सुरक्षा सुनिश्चित गरिसकेपछि वैज्ञानिकहरुले चाँडै नै प्रभावकारी भ्याक्सिन ल्याउने काम गर्नेछन् ।’
त्यस्तै भ्याक्सिन बनाउने विश्व इतिहासलाई नियाल्ने हो भने, विश्वमा सबैभन्दा छिटो ग्लुलोपट्टी रोगको भ्याक्सिन पत्ता लागेको थियो । जुन भ्याक्सिन तयार पार्न वैज्ञानिकहरुले चार वर्ष लगाएको थियो ।

तर, कोरोना महामारी फैलिरहेको गति र यसले मानिसहरुको ज्यान लिइरहेको गतिलाई ध्यानमा राखेर यसको भ्याक्सिनको बिकास ऐतिहासिक रुपमा द्रुत गतिमा भइरहेको छ । वर्तमानमा, कोरोना महामारीको बिरुद्ध संसार भरिका २३ वटा परियोजनाहरुमा काम भइरहेको छ । तर, ती मध्ये केवल केही परीक्षणको मात्र तेस्रो अथवा अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म कुनै पनि भ्याक्सिन पूर्ण रुपमा सफल भने भइसकेको छैन ।

Logo