कोरोना कहर: अमेरिकामा २ लाख र भारतमा ८२ हजारको मृत्यु

कोरोना कहर: अमेरिकामा २ लाख र भारतमा ८२ हजारको मृत्यु


भारतमा कोरोना संक्रमणबाट म‌ंगलबार साँझसम्म ८२ हजारभन्दा बढीकाे मृत्यु भएकाे छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट थप एक हजार २९० जनाको मृत्यु भएको हाे । योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८२ हजार ६६ पुगेको छ ।

साथै मंगलबार साँझसम्मको तंथ्याकअनुसार भारतमा ९० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे थियो । योसँगै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५० लाख २० हजार ३ सय ५९ पुगेको छ ।

यता, अमेरिकामा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख नाघेको छ । बुधबार बिहानसम्म दुई लाख १९७ जनाको संक्रमणबाट मृत्यु भइसकेकाे छ । अमेरिकामा मंगलबार १ हजार १७४ जनाको निधन भएको थियो । सोमबार ४८० जना, आइतबार ३९२ र शनिबार ७०७ जनाको मृत्यु भएको थियो ।

विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ९७ लाख १४ हजार ४९१ पुगेको छ । कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ३८ हजार ३८५ भन्दा बढी पुगिसकेको छ ।

 

Logo