शक्तिशाली भूकम्प भए पनि मानवीय र भौतिक क्षति भने भएन

शक्तिशाली भूकम्प भए पनि मानवीय र भौतिक क्षति भने भएन


काठमाडौं ।

सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दू भएर आज विहान ६ रेक्टर स्केलको भूकम्प गएको छ । ०७२ बैशाख १२ गतेपछि दैनिकजसो साना ठूला पराकम्पहरु गइरहने गरे पनि ४ रेक्टर स्केल भन्दा माथिका भूकम्पको मात्र रेकर्ड भूकम्प मापन केन्द्रमा रहन्छ ।

६ रेक्टर स्केलको भूकम्प निकै समय पछि गएको हो । यस अघि गत हप्ता पूर्वी नेपालमा ५ रेक्टरको भूकम्प गएको थियो । आजको भूकम्पको धक्का करिव १० सेकेन्ड मात्र भएको थियो । यदि अरु थप १० सेकेन्ड गएको भए ठूलो क्षति हुने अनुमान गरिएको छ ।

आज गएको भूकम्पको केन्द्र सिन्धुपाल्चोकको राम्चे हो । जहाँ केहि दिन अघि बाढी पहिरोले ठूलो धनजनको क्षति भएको थियो । त्यसक्षेत्रमा पनि आजको भूकम्पले खासै असर गरेको छैन । ०७२ सालको भूकम्पमा सबैभन्दा बढी मानवीय र भौतिक क्षति बेहोरेको सिन्धुपाल्चोकले त्यस यता दर्जनौं प्राकृतिक विपत्तीको सामना गरिरहेको छ ।

यस वर्ष मात्र बाढीपहिरोका कारण सिन्धुपाल्चोकमा मात्र ७४ जनाको मृत्यु भएको र ४४ जना अझै बेपत्ता छन् । त्यसमाथि पनि आजको भूकम्प पनि सिन्धुपाल्चोकमै केन्द्र बनाएर गएको छ । यसले सर्वसाधारणलाई त्रसित बनाए पनि हालसम्म कुनै मानवीय र भौतिक क्षतिको खबर भने आएको छैन ।

Logo