नेपालको नयाँ नक्सा अब पैसामा पनि, १ र २ रुपैयाँको सिक्कामा नयाँ नक्सा

नेपालको नयाँ नक्सा अब पैसामा पनि, १ र २ रुपैयाँको सिक्कामा नयाँ नक्सा


सरकारले सार्वजनिक गरेको नयाँ नक्सा अब सिक्का पैसामा पनि राखिने भएको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो ।

सरकारले १ र २ रुपैयाँका सिक्कामा लिम्पियाधुरासहितको नक्सा राख्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको हो ।

यस्तै एसियाली विकास बैंकले नेपालको विद्युत प्रणाली सुधारका लागि १८ अर्ब सहुलियत दरको ऋणका लागि वार्ता टोली गठन गरेको छ ।

यस्तै भोलि हुने सार्कस्तरीय अर्थमन्त्रीको भर्चुअल बैठकमा परराष्ट्रमन्त्रीको नेतृत्वमा ३ सदस्य सहभागी हुने निर्णय भएको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

Logo