पार्टीभित्रको मतभेद सहमतिबाट टुंग्याउनुपर्नेमा कमल थापाको जोड

पार्टीभित्रको मतभेद सहमतिबाट टुंग्याउनुपर्नेमा कमल थापाको जोड


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टीभित्रको मतभेद र चित्त नबुझेका कुरा सहमतिबाट टुँग्याउन सकिनेमा जोड दिएका छन् । मंगलबार ट्वीट गर्दै अध्यक्ष थापाले सहमतिबाटै टुंग्याउनुपर्नेमा जोड दिएका हुन् । धर्म, संस्कृति विरुद्धको आक्रमण, ब्रम्हलुट र सर्वसत्तावाद परास्त गरी समृद्ध नेपाल बनाउन देशले वैकल्पिक विचार बोकेको शक्ति खोजेको पनि थापाको भनाइ छ ।

उनले ट्वीटरमा लेखेका छन्–‘धर्म र संस्कृति विरुद्धको आक्रमण, ब्रम्हलुट र सर्वसत्तावाद परास्त गरी सम्वृद्ध नेपाल बनाउन देशले वैकल्पिक विचार बोकेको शक्ति खोजेको छ । यही आवश्यकता पूरा गर्न राप्रपाको एकता भएको हो । मतभेद र चित्त नबुझेका कुरा सहमतिबाट टुंग्याउन सकिन्छ, सार्वजनिक बहसको विषय नबनाऔ @PashupatiShams @PCLohani।’

Logo