लकडाउनको समयमा म्युजिक भिडियोमा चम्किएका मोडलहरु (भिडियोसहित)

लकडाउनको समयमा म्युजिक भिडियोमा चम्किएका मोडलहरु (भिडियोसहित)


काठमाडौं ।

गत चैत्र महिनाबाट मुलुक लकडाउनको अवस्थामा छ । बिचमा केहि समय खुकुलो भएपनि लगातार कोरोना संक्रमित बढेपछि फेरि सटडाउन र निषेधाज्ञामा मुलुक फर्किदा कला क्षेत्रमा निर्भर रहेका विशेष गरी चलचित्रसँग सम्बन्धित कलाकर्मीहरु जोखिमको अवस्थामा पुगिसकेका छन् । एउटा चलचित्र निर्माण गर्न ठूलो जनशक्तिको आवश्यकता पर्नुका साथै लगानी पनि ठूलो चाहिने हुँदा लकडाउन अवधिमा कुनै पनि चलचित्र बनेनन् र प्रदर्शनको तयारीमा रहेका चलचित्रहरुको पनि प्रर्दशनको माहोल बन्न सकेन ।

तर यो समयमा म्युजिक भिडियोहरुले भने राम्रो बजार पायो । सिमित कलाकार र लगानीले एकैदिनमा तयार हुनुका साथै रिलिज पनि युट्युबमा गरिने हुँदा एकपछि अर्को गर्दै थुप्रै म्युजिक भिडियोहरु बजारमा आए । सामान्य अवस्थामा छायांकनका लागि देश विदेश पुग्ने, चलचित्रको प्रोमोशनमा हिड्नु पर्ने लगायत कामले एकछिन पनि फुर्सद नहुने अभिनेत्रीहरु घरभित्र नै रुमलिन बाध्य भए भने कतिपय सामाजिक संजालमा मै रमाइरहे ।

तर, केही अभिनेत्री तथा मोडलहरू भने कोरोना महामारीमा पनि म्युजिक भिडियोमा व्यस्त बने । अझ भनौं उनीहरूलाई कोरोना कहरले पनि खासै असर पुर्याउन सकेन । उनीहरूलाई भने सुटिङमा समय दिन भ्याईनभ्याई भयो । अहिले पनि म्युजिक भिडियोका कामहरु जारी छन् । नेपाली संगीत बजारमा दिनमा २/४ वटा नयाँ म्युजिक भिडियो त सार्वजनिक भई नै रहेका छन् ।

जसकारण हाल मोडलहरू मात्र नभएर फिल्म क्षेत्रमा फुर्सदिला अभिनेत्रीहरु पनि अहिले म्युजिक भिडियोमा देखिन थालेका छन् । आज हामीले तिनै १० मोडल र अभिनेत्रीहरुको रिपोर्ट पस्कदैछौँ जो लकडाउन अवधिमा पनि म्युजिक भिडियोमा व्यस्त रहे, मनोरञ्जन दुनियाँमा दर्शकसँग निकट रहन सफल भए । हेरौं भिडियोमा :

 

 

 

Logo