कुलमान घिसिङको औपचारिक बिदाइ

कुलमान घिसिङको औपचारिक बिदाइ


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको औपचारिक रुपमा बिदाइ गरिएको छ । चार वर्षे कार्यकाल पूरा गरेका उनलाई मंगलबार प्राधिकरणको कार्यालयमा औपचारिक बिदाइ गरिएको हो । चार वर्षे कार्यकाल पूरा गर्दै घिसिङ सोमबार पदमुक्त भएका थिए । वि.सं २०७३ भदौ २९ गते घिसिङ प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका उनको चार वर्षे कार्यकालमा लोडसेडिङको अन्त्य, निरन्तर घाटामा रहेको प्राधिकरणलाई १२ अर्ब रुपैयाँसम्म नाफा र विद्युत् चुहावटलाई १५ प्रतिशतसम्म झार्नेलगायतका काम भएका थिए ।

विदाइ कार्यक्रममा प्राधिकरणका उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले घिसिङलाई बुद्धको मूर्ति उपहार दिएका थिए । तत्कालीन ऊर्जा मन्त्री राधा ज्ञवालीले घिसिङलाई चिलिमे जलविद्युत् कम्पनीको प्रबन्ध सञ्चालक हुँदा सन्तोषजनक काम गर्न नसकेको भन्दै प्राधिकरणको केन्द्रीय कार्यालयमा तानेकी थिइन् । उनीपछि ऊर्जा मन्त्री बनेका जनार्दन शर्माले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्न प्रस्ताव गरेको थिए ।

Logo