#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व18447239697222607010811679909
नेपाल2075057573214961

“बर्थ डे”मा जिग्रीले गरे तीन घर गिफ्ट

केन्द्रबिन्दु संवाददाता । ४ साउन, काठमाडौं ।

“जिग्री” । कलापारखी माझ यही नामले चिनिने कुमार कट्टेलको आजै हो जन्म दिन । सामाजिक सञ्जाल फेसबुकमा उनले उल्लेख गरेको उमेर (सन् १९८८ जुलाई १९) हिसाव गरेर ल्याउने हो भने आजदेखि उनी २९ पुरा गरेर ३० बर्ष लाग्दैछन् ।

तीन दशक उमेर सकेका उनले के गरे त जीवनमा ? कलाकारिताको माध्यमवाट चर्चित बने । खासगरी भद्रगोल टेलिफिल्मवाट उनी रातारात सेलिब्रेटी नै बने । सेलिब्रेटी मात्र होइन्, यसै बर्षदेखि समाजसेवामा समेत पाइला राखे । गरिव, दलित र श्रवणशक्ति गुमाएको परिवार खाजेर घर बनाएर प्रदान गरे । त्यो पनि आजै आफ्नो बर्थ डे को अवसर पारेर ।

सोलमारीमा टुच्च लगाउन जाने बिग्रेको केटोको भूमीकावाट चिनिएका जिग्री अर्थात कुमार पर्दा बाहिर भने पटक्कै त्यस्ता छैनन् । गरिवीले थलिएका तीन परिवारलाई तीन घर बनाएर हस्तान्तरण गरेर उनले आफ्नो असली परिचय दिएका छन् । सप्तरी जिल्लाको गमहरियाका शिवनारायण मण्डलको १७ जनाको संयुक्त परिवारकोलागी उनले घर बनाएर दिएका हुन् । जिग्री–पाँडे प्रतिष्ठानले यो पुन्य काम गरेको हो । जिग्री अर्थात उनै कुमार कट्टेल हुन् भने पाँडे भनेको भद्रगोलका पात्र पाँडे बुढो अर्थात अर्जुन घिमिरे हुन् ।

जिग्री पाँडे प्रतिष्ठान नेपालले यो घर वातावरण र अपांगमैत्री वनाएको छ । प्रतिष्ठानले यस कार्यको नाम दृष्टि विहीन आवास निर्माण परियोजना राखेको छ ।

घर हस्तान्तरण कार्यक्रमका झलक ।

 

 

सम्बन्धित समाचारहरु