दैलेखका प्रदेशसभा सदस्य थापामाथि आक्रमण

दैलेखका प्रदेशसभा सदस्य थापामाथि आक्रमण


दैलेख ।

जिल्लाको क्षेत्र नंं २ (ख) का प्रदेशसभा सदस्य सुशील थापामाथि साङ्घातिक आक्रमण भएको छ । आफ्नो निर्वाचत क्षेत्र अन्तर्गत भैरवी गाउँपालिका–३ को छड्ने भन्ने स्थानमा कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा उनीमाथि आक्रमण भएको हो । वडा नं ३ मा नेकपाको पार्टी कार्यालय स्थापनासँगै ४२ घरका करीब दुई सय जना नेपाली काँग्रेसका कार्यकर्ता पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्ने कार्यक्रम आयोजना गरिएको थियो ।

“आफ्नै निर्वाचन क्षेत्रमा भएकाले मलाई पनि त्यहाँ उपस्थितिका लागि खबर भयो, नेकपाका पालिकास्तरका नेता तथा कार्यकर्ता, गाउँपालिका उपप्रमुख लगायतको उपस्थिति थियो । बिहानको कार्यक्रम स्थानीयवासीको निधन भएकाले केही बेर ढिला गरी सञ्चालन भयो, मैले पार्टी कार्यालय उद्घाटनको बोर्ड राख्दै थिएँ, छ जनाको समूहले एकाएक आक्रमण शुरु गर्यो ।

अत्यधिकरुपमा मदिरा सेवन गरेको समूहले गाउँपालिकाका उपाध्यक्ष, नेकपाका पार्टी सचिव लगायतका नेतामाथि धमाधम आक्रमण गर्यो, सबैलाई हुत्याउँदै मलाईसमेत आक्रमणको प्रयास गरिएको थियो, जनताले बचाउन सफल भए, त्यहाँ रक्तपात गर्ने योजना बनाएर दुल्लूका नेपाली काँग्रेसका नेताले योजनाबद्ध आक्रमण गर्ने प्रयास भएको रहेछ”, उनले भने ।रासस

Skip This
Logo