संखुवासभामा बस दुर्घटना : १४ जनाकाे मृत्यु, ५ जनाको जीवितै उद्धार

संखुवासभामा बस दुर्घटना : १४ जनाकाे मृत्यु, ५ जनाको जीवितै उद्धार


संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। मादीबाट झापाको दमक जाँदै गरेको यात्रुवाहक बस मादी नगरपालिका-६ को पुलुङस्थित सात घुम्तीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको हो ।

घटनास्थलमा रहेका मादी नगरपालिका-६ का अध्यक्ष धननारायण तामाङले १४ जनाको शव निकालिएको बताए । मृतकहरुको पहिचान भइसकेको छैन। बिहीबार बिहान भएको दुर्घटनामा ५ जनाको जीवितै उद्धार गरिएको छ।

दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान संखुवासभाको मादी नगरपालिका-६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो।

Logo