७ सय जनालाई दिनहुँ निःशुल्क खाना खुवाउने इन्दिरा रानामगर

७ सय जनालाई दिनहुँ निःशुल्क खाना खुवाउने इन्दिरा रानामगर


काठमाडौं । कोरोना भाइरसका कारण समस्यामा परेका, रोजगारी गुमाएका व्यक्तिहरु वा कोरोनाकै कारण खाना खान नपाएकाहरुलाई विभिन्न मनकारी व्यक्ति तथा संघ संस्थाले अहिले निःशुल्क खाना खुवाइरहेको हामीले पढ्ने, सुन्ने गरेका छौँ । चार महिना लामो लकडाउन, त्यसपछिको निषेधाज्ञाकोे समयमा सयाँै व्यक्तिहरुका लागि खाना बनाएर सधै एउटै समयमा खुवाउनु चानचुने कुरा होइन । उनीहरुले बनाउने खाना कसरी बन्छ ? कहाँ बन्छ ? खर्च कसरी व्यवस्थापन गर्छन होला ? खाना बनेको ठाउँबाट कसरी प्याकिङ भएर आउँछ ? भनेर धेरैको मनमा कौतुहलता हुन सक्छ । त्यसैले हामीले आज दैनिक ७ सय जनाभन्दा बढीलाई निःशुल्क खाना खुवाइरहेकी इन्दिरा रानामगरको दैनिकी प्रस्तुत गरेका छौँ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाले नेपाललाई पनि नराम्ररी प्रभाव पारेको छ । हजारौं संक्रमित भएका छन् । तीन सयभन्दा बढीले ज्यान गुमाएका छन । भने, लाखौँले रोजगारी गुमाएका छन् । कोरोनाका कारण रोजगारी मात्रै होइन हजाराँैले दुई छाक खानसमेत पाएका छैनन् । गत चैतबाट कोरोना संक्रमणको जोखिम कम गर्न जारी भएको लकडाउनले र निषेधाज्ञाका कारण धेरै जना हप्ता दश दिनभन्दा बढी समय भोकै बस्न बाध्य भए । तत्काल सामान्य अवस्था नहुने भएपछि मनकारी व्यक्ति र संघ संस्थाहरुले कोरोनाका कारण खाना नपाएकाहरुलाई खोजी खोजी सहयोग गर्न थाले । कोही, हप्ता दश दिन एक महिनामा थाके त कोही आजको दिनसम्म पनि त्यस्ता व्यक्तिहरुलाई खोजी खोजी खाना खुवाइरहेका छन । तिनै मध्येकी एक हुन् इन्दिरा रानामगर जो संस्थापक—बन्दी सहायता नेपालमा आवद्ध छिन् ।

कोरोना महामारी अघि जलका आश्रित बालबालिलाई हेर्दै आएको उनको संस्थाले अहिले कोरोनाका कारण समस्यामा परी खान नपाएका अशक्त व्यक्ति र सडक बालबालिकाहरुलाई खाना खुवाइरहेको छ । पहिलो दिन आफ्नो संस्थामा रहेका बाहेक २० जनालाई खाना खुवाएकी रानामगरले दोस्रो दिन ३०, तेस्रो दिन ४० हुँदै एक महिना नपुग्दै दैनिक २ सय जनालाई खाना खुवाउन थालिन् । अहिले विभिन्न क्षेत्रमा गरी एक दिनमा ७ सय बढीलाई खाना खुवाइरहेको उनको भनाइ छ ।

सुरुमा ठमेलको संचय कोष क्षेत्रमा खाना खुवाउँदा स्थानीय तहका पदाधिकारी र केही स्थानीयहरुले कोरोनाको बेला भीडभाड र फोहोर ग¥यो भन्ने बहानामा आफूमाथि दुव्र्यहार गरेको उनको दुखेसो छ । संस्थाका सबै स्टाफहरु नभएको बेला दरबारमार्ग वृत्तका प्रहरीहरुले समेत खाना बाँड्न सहयोग गरेको उनले बताइन् । सुरुमा दुई छोरी र आमा मिलेर दैनिक खाना बनाउने, प्याकिंङ गर्ने, खुवाउने र साँझ आएर भाँडा धुने काम गर्ने गरेकोमा अहिले भने अन्य स्टाफहरु पनि आइसकेपछि केही सहज भएको उनको भनाइ छ । संक्रमणको जोखिम नहोस भनेर सधै आफै खाना बोकेर असहयहरुलाई बाड्ने गरेको उनले बताइन् । आफूले सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर खाना वितरण गर्ने गरेको उनको भनाइ छ । सुरुको दिनमा आफ्नै खर्चबाट खाना खुवाउने गरेको भएपनि अहिले विभिन्न संघ संस्था र व्यक्तिहरुले सहयोग गर्ने गरेका छन् । कसैले जन्मदिनको अवसरमा त कसैले कुनै न कुनै अवसर पारेर नगद तथा अन्य सहयोग गर्दै आएको उनको भनाइ छ । बिहानैदेखि खाना तयारीका लागि ड्युटीमा खटिनुपर्ने भएपनि सहयोगीहरुलाई काममा आउनै पर्ने जवरजस्ती भने नगरेको उनले बताइन् । तर काममा आए÷नआएपनि सुरक्षित बस्न आफ्नो स्टाफहरुलाई सधै भन्ने गरको उनको भनाइ छ ।

लकडाउन अघिसम्म बढीमा २ सय जनाका लागि खाना बनाएको अनुभव सुनाउने रानामगरले अहिले भने ७ सयभन्दा बढीका लागि खाना तयार गर्छिन् । दैनिक ३ बोरा चामल पकाउने गरेकोमा कहिले काँही बढी मान्छे भएमा पहिलो चरणमा खाना बाँडेर पुनः पकाउँदै बाँड्नुपर्ने अवस्था आउने उनको भनाइ छ ।

पोषणयुक्त खाना र सरसफाईमा विशेष ध्यान दिएको उल्लेख गर्दै उनले अहिले १ सय रुपैयाँले दैनिक ३ जनालाई खाना खुवाउने गरेको बताइन् । खाना तयार गर्दादेखि प्याकिङ गरी वितरण गर्दासम्म १ सय बराबर तीन जनालाई खाना खुवाउन सकेको रानामगरको दाबी छ । महामारीको समयमा अरुलाई दोष दिएर बस्नुभन्दा सबै मिलेर एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्नुपर्नेमा उनको जोड छ । सरकारका कमजोरीहरु औल्याउँदै सुझाव दिने र मिलेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । उनले अहिले ठमेल, गल्कोपाखा चोक, जमल, खुलामञ्च लगायतका ठाउँमा ७ सयभन्दा बढीलाई दैनिक खाना खुवाउँदै आएकी छिन् ।

Logo