काठमाडौं जिल्लामा मात्र कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो

काठमाडौं जिल्लामा मात्र कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो


काठमाडौं ।

काठमाडौं जिल्लामा कोरोना संक्रमितको संख्या १०,०२६ पुगेको छ । जिल्लामा आज ४४० संक्रमित थपिएका छन् ।

यो सँगै काठमाडौं उपत्यकाका ३ जिल्लामा आज ५१२ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ४४०, भक्तपुरमा ४३ र ललितपुरमा २९ जना थपिएका हुन् ।

अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा १०,०२६, भक्तपुरमा १,०३१ र ललितपुरमा १,१९१ पुगेको छ । यो सँगै उपत्यकामा अब संक्रमितको संख्या १२,२४८ पुगेको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ३९ हजार ५७६ पुगेको छ । आज निको हुनेको संख्या ८७९ छ । आइतबार १,१७३ जना निको भएका थिए । शनिबार ८५२ जना निको भएका थिए । यस्तै शुक्रबार ९७२ जना निको भएका थिए । आज १०,८७८ पिसिआर गरिएको थियो । आज सक्रिय संक्रमितको संख्या १५,३९३ छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६० पुगेको छ । आज मात्र १५ जनाको मृत्यु भएको छ । शुक्रबार ५ जनाको मृत्यु भएको थियो । शनिबार १४ जनाको मृत्यु भएको थियो । आइतबार ९ जनाको मृत्यु भएको थियो ।

यस्तै नेपालमा कोरोना संक्रमितको संख्या ५५,३२९ पुगेको छ । आज १,१७० जना थपिएका छन् । आइतबार १,०३९ जना थपिएका थिए । शनिबार १,२०१ जना थपिएका थिए । यस्तै शुक्रबार १,४५४ जना थपिएका थिए ।

Logo