‘अक्षरा बाल साहित्य महोत्सव’ सम्पन्न (फाेटाे फिचर)

‘अक्षरा बाल साहित्य महोत्सव’ सम्पन्न (फाेटाे फिचर)


विद्यार्थी र अभिभावकमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजना गरिएको ‘अक्षरा बाल साहित्य महोत्वस’ सम्पन्न भएको छ। काठमाडौंको कागेश्वरी मनोहरामा अवस्थित अक्षरा विद्यालयको आयोजनामा भएको महोत्सवमा साहित्य सम्बन्धी विभिन्न रचनात्मक कार्यक्रम गरि सम्पन्न भएको हो। 

कागेश्वरी मनोहरा नगरपालिका मेयर कृष्णहरि थापाले उद्घाटन गरेको महोत्सव करिव ५ घण्टा चलेको थियो। एक दिने बाल साहित्यिक महोत्सवमा चर्चित साहित्यकार अमर न्यौपाने, पूर्वप्रधानमन्त्री तथा राजनीतिज्ञ डा। बाबुराम भट्टराईलगायत विभिन्न लेखक तथा क्षेत्रमा आवद्ध प्रभावशाली व्यक्तित्वहरुको उपस्थिति थियो। कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षिकाले लेखकसमक्ष साहित्यसँग सम्बन्धित आफ्ना जिज्ञासा व्यक्त गरेका थिए। उपस्थित सर्जक र सहभागीबीच जीवनमा साहित्यको महत्व, साहित्यमा कसरी रुची जगाउने, आफूलाई कसरी अभिव्यक्त गर्ने, लैंगिक समानतालगायतका विषयमा दाहोरो चर्चा भएको थियो। 

करिव ४ हजार दर्शकले अवलोकन गरेको महोत्वसमा लेखकसँग साहित्य संवाद, साहित्यिक कार्यशाला, सांगीतिक प्रस्तुति, पपेट शो, पुस्तक प्रदर्शनीलगायतका विभिन्न सिर्जनात्मक तथा रचनात्मक कार्यक्रम आयोजना गरिएको थियो। 

त्यस्तै, ३ सत्रमा विभिन्न १३ वटा भाषा एवम् साहित्य शिक्षणसम्बन्धी कार्यशाल आयोजन गरिएको थियो। जसमा २४ विद्यालयका करिव ७ सय विद्यार्थी सामेल थिए। 

कार्यक्रममा अन्य विद्यालयका विद्यार्थी तथा अभिभावकहरुलाई पनि सहभागी गराउन पाउँदा आफू एकदमै खुसी भएको अक्षराकी प्रधानाध्यापक अञ्जु भट्टराईले बताइन्। 

‘हामीले साहित्यिक कार्याक्रमहरु हरेक साता गर्दै आएको भए पनि यसरी साहित्यक महोत्सव नै अहिलेसम्म गरेका थिएनौँ,’ प्रधानाध्यापक भट्टराईले भनिन्, ‘यसपालि भने महोत्सव नै गरौँ न त भन्ने सल्लाह भयो। पहिलोपल्ट गर्न लागेको महोत्सव अलि व्यापक रुपमा गरौँ भन्ने भयो। त्यसैले, हामीले यो महोत्सवमा आफ्नासँगै अन्य विद्यालयका विद्यार्थीहरु तथा अभिभावकसँग मनाउने निधो गर्यौँ। सबै विद्यार्थी र अभिभावकमा साहित्य अध्ययनको संस्कार बनोस् भन्ने हाम्रो चाहना हो।’

एउटा सफल विद्यार्थी हुनका लागि पाठ्यपुस्तकसँगै साहित्यिक पुस्तक पनि उत्तिकै आवश्यक हुने प्रिन्सिपल भट्टराईको बुझाई छ। साहित्यले ज्ञानको दायरा बढाउन त सहयोग गर्छ नै, यसले जीवन र जगतलाई हेर्ने र बुझ्ने दायरा पनि फराकिलो बनाउन सघाउने उनले बताइन्। सबैभन्दा धेरै साहित्यबिना जीवन पूर्ण नहुने उनको तर्क छ। ‘त्यसैले, हामीले सुरुवातदेखि नै साहित्यलाई उत्तिकै स्थान दिएका हौँ,’ प्रधानाध्यापक भट्टराईले सुनाइन्, ‘विद्यार्थीहरुलाई संस्कारयुक्त शिक्षा दिन तब मात्र सकिन्छ, जब उनीहरुलाई साहित्यिक अध्ययनका लागि पनि उत्तिकै अभिप्रेरित गरिन्छ।’

‘पाठ्यक्रममा आधारित पुस्तकले पेशालाई चाहिने सीप सिकाउँछ भने साहित्यले जीवन जीउने कला सिकाउँछ।’ उनले थपिन्। 

पठन संस्कृतिको विकास होस् भन्ने हेतुले आयोजित कार्यक्रममा दर्शकहरुको सकारात्मक तथा उत्साहजनक उपस्थितिले आफूलाई खुसी बनाएको उनले व्यक्त गरिन्। सबैको माया र उत्साहजनक उपस्थितिले आफूहरुलाई थप हौसला प्रदान गरेको उनको बताइन्। सुन्दर, शान्त र समृद्ध नेपाल निर्माणका यस्ता किसिमका महोत्सवहरु आवश्यक भएकाले यसले आगामी दिनमा  निरन्तरता पाउने पनि बताइन्

Logo