दोहोरो अंकले घट्यो शेयर बजार, ३ अर्ब २६ करोडको कारोबार

दोहोरो अंकले घट्यो शेयर बजार, ३ अर्ब २६ करोडको कारोबार


कारोबार हुने साताको तेस्रो दिन मंगलबार (आज) शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। सोमबार झिनो अंकले बढेको बजार आज १७ दशमलव १५ अंकले घटेर २ हजार ६५० दशमलव ९७ विन्दुमा झरेको हो। 

मंगलबार २२९ वटा धितोपत्रको ६५ लाख २९ हजार कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। 

मंगलबार १३ वटा समूहमध्ये ४ वटा समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ। सबैभन्दा बढी होटल एण्ड टुरिजम समूहको ३ दशमलव १६ प्रतिशतले बढेको हो। इमर्जिङ नेपाल लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। 

कारोबार रकमको आधारमा नेपाल दुरसञ्चार कम्पनीको ३४ करोड २३ लाख ५७ हजार १९४ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो। 

Logo