मन्त्रिपरिषद् बैठक बस्दै, कुलमान घिसिङलाई नियुक्त गर्ने सम्भावना

मन्त्रिपरिषद् बैठक बस्दै, कुलमान घिसिङलाई नियुक्त गर्ने सम्भावना


काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक आज बेलुका बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ ५ बजे मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको हो ।

आजको बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई नियुक्तिको लागि प्रस्ताव लैजाने तयारी गरेको स्र्रोतको दाबी छ । स्रोतका अनुसार घिसिङलाई पुनः कति समयका लागि नियुक्त गर्नेबारे अझै स्पष्ट भएको छैन् । तर नियुक्तिबारे प्रधानमन्त्री केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफल गरी सकेका छन् । साथै, आजको मन्त्रिपरिषद्को बैठकबाट नै सरकारका प्रवक्ता समेत तोकिने बालुवाटार निकट स्रोतको भनाइ छ ।

Logo