स्मिताको गीतमा प्रियंकाको अभिनय (भिडियोसहित)

स्मिता दाहालको नयाँ गीत सार्वजनिक भएको छ ।’मलाई आमाले दिएको चौबन्दी चोली’ बोलको गीतमा अभिनेत्री प्रियंका कार्कीले अभिनय गरेका छन् ।

गीतमा दिनेश थपलियाको शब्द र बसन्त सापकोटा संगीत रहेको छ भने गीतको संगीत संयोजन संजिब बराइलीले गरेका छन् । कविराज गहतराजको निर्देशन रहेको म्यूजिक भिडियोको छायांकन सुदिप बराल, सम्पादन सन्देश शाह, मिक्सिङ किशोर थापा र कलर संयोजन रेनिस फागोले गरेका हुन् ।

गीतको म्युजिक भिडियो पार्क भिलेज रिसोर्टमा छायांकन गरिएको हो । गीतको निर्माण सरोज ओलीले गरेका हुन् ।