मर्यादितरुपमा हाेली मनाउन प्रधानमन्त्री देउवाकाे आह्वान

मर्यादितरुपमा हाेली मनाउन प्रधानमन्त्री देउवाकाे आह्वान


प्रधानमन्त्री शेरबहादुर देउवाले फागु पूर्णिमा अर्थात हाेली पर्वकाे विविधताबीचको एकता नै नेपालीको पहिचान बनेको बताएका छन्।

हाेलीकाे शुभकामना दिँदै देउवाले होलीमा खेलिने विविध रङहरूजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको उल्लेख गरेका छन्।

उनले कोभिड-१९ को संक्रमण राेकथामका लागि जारी स्वास्थ्यका मापदण्ड पालना गर्दै र अरुलाई अवरोध नहुने गरि मर्यादितरूपमा होली पर्व मनाउन आग्रहसमेत गरेका छन्।

Logo