असोज १ गते विश्व बिरामी सुरक्षा दिवस मनाइने

असोज १ गते विश्व बिरामी सुरक्षा दिवस मनाइने


काठमाडौं ।

बिरामी सुरक्षा र स्वास्थ्य सुरक्षाबारे आम नेपालीमा सचेतना फैलाउने उद्देश्यले आगामी असोज १ गते विश्व बिरामी सुरक्षा दिवस मनाइने भएको छ । स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका डा तारानाथ पोखरेलले आगामी असोज १ गते (सेप्टेम्बर १७, २०२०) मनाउन लागिएको विश्व बिरामी सुरक्षा दिवसका बारेमा गरिने कार्यक्रमको जानकारी गराए।

उनका अनुसार सन् २०१९ को मे मा विश्व स्वास्थ्य सङ्गठनको ७२ औँ महासभाले १९४ देशको सहभागितामा गरेको निर्णय अनुसार सोही वर्षको सेप्टेम्बर १७ देखि विश्व बिरामी दिवस मनाउने घोषणा गरेको थियो । सोही वर्षदेखि नेपालमा पनि दिवस मनाउन शुरु गरियो । नेपालले गत वर्ष पनि यो दिवस मनाएको थियो । यस वर्ष पनि विभिन्न कार्यक्रमका साथ साताव्यापीरुपमा दिवस मनाउन लागिएको हो ।

‘स्वास्थ्यकर्मीहरुको सुरक्षा, बिरामीको सुरक्षाको प्राथमिकता, सुरक्षित स्वास्थ्यकर्मी र सुरक्षित बिरामी’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी देशभर दिवस मनाइने डा पोखरेलले बताए। देशका तीनै तहका सरकार, स्वास्थ्य तजा जनसंख्या मन्त्रालय मातहतका स्वास्थ्य प्रतिष्ठान, अस्पताल, निजी क्षेत्रका मेडिकल कजेल लगायतले आ–आफ्नो ठाउँबाट दिवस मनाउन मन्त्रालयले आग्रह गरेको छ ।

दिवसका दिन असोज १ गते साँझ ७ बजे माइतीघर मण्डलामा दीप प्रज्वलन गरिनेछ । सोही दिन राति ८ बजे देभर घर घरमा दीपावली गर्न आग्रह गरिएको छ । स्वास्थ्यकर्मीको सम्मान तथा कोरोनाबाट सङ्क्रमित व्यक्तिको मनोबल बढाउन तथा कोरोनाबाट मृत्यु भएकाको सम्झनामा सो कार्यक्रम गर्न लागिएको जनाइएको छ ।

Logo