कोरोना पनि बढ्दो, हेल्चक्य्राइँ पनि बढ्दो : सावधानी खोई ? (भिडियोसहित)

कोरोना पनि बढ्दो, हेल्चक्य्राइँ पनि बढ्दो : सावधानी खोई ? (भिडियोसहित)


काठमाडौं ।

नेपालमा कोरोना भाइरस संक्रमण जोखिम न्युनिकरणका लागि जारी गरिएको लकडाउनको अन्त्यसँगै बढ्दो चहलपहलले उपत्यकासहित देशभर पुनः कोरोना संक्रमण बढ्दै गयो । यस्तो अवस्थाले सरकारले दोस्रो चरणमा उपत्यकासहित विभिन्न स्थानमा निषेधाज्ञा जारी ग¥यो ।

संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा गत भदौ ३ गते देखि भदौ २४ सम्म निषेधाज्ञा लागू गरिएको थियो । तर बिहिबारदेखि तीन सातासम्म लगाइएको लकडाउन हाल आएर केही सर्तसहित खुकुलो बनाइएको छ । अहिले पनि कतिपय जिल्लामा संक्रमणको जोखिम कम गर्न निषेधाज्ञा जारी नै रहेको छ ।

भिडियो :

संक्रमण कम गर्न निषेधाज्ञा लागू गरिए पनि यसको प्रभावकारितामा भने प्रश्न उठेको छ । निषेधाज्ञा लागू भएको दिनदेखि अझ संक्रमण तथा मुत्यु समेत बढ्दै गएको छ । सरकारले लगाएको पहिलो चार महिनाको लकडाउन अन्त्य गरेको दिन साउन ६ गते नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ९ सय ९४ रहेको थियो भने त्यो अवधिमा मुत्यु हुने जम्मा ४० जना मात्रै रहेका थिए । तर लकडाउनको अन्त्य भएका दिनदेखि संक्रमित र मृत्यु हुनेको संख्या ह्वातै बढिरहेको छ ।

पछिल्लो एक महिनादेखि लगातार रुपमा दैनिक १ हजारका दरले संक्रमितको सङ्ख्या बढेको छ भने, दैनिक १० जनाले ज्यान गुमाइरहेका छन् । यसरी पछिल्लो समयमा कोरोना संक्रमण नेपालमा व्यापक रुपमा फैलिदै गएको छ । लकडाउन र निषेधाज्ञाले पनि संक्रमण रोक्न सकेको छैन ।

कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै गएकाले कोरोना भाइरसको संक्रमणबाट बच्न अब हामी थप सतर्क हुनुपर्ने बेला आएको छ । उच्च जनघनत्व भएको काठमाडौं उपत्यकामा एकातिर कोरोना संक्रमितको संख्या बढीरहेको छ भने अर्काेतिर हेलचेक्राइ पनि बढीरहेको छ । त्यस्तै पर्याप्त आइसोलेशन बेडहरुको पनि अभाव भएकाले विरामीहरु होम आइसोलेशनमा बसीरहेका छन् ।

कोरोनाको जोखिम दैनिक बढीरहेकाले व्यापार व्यवसाय सञ्चालन गर्न खुल्ला गरिएकाले पनि अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कौं । तपाईं बाहिर ननिस्किँदा तपाईं त सुरक्षित रहनु हुन्छ नै साथसाथै कोरोनाविरुद्ध फ्रन्टलाइनमा काम गरिरहेकाहरु पनि थप सुरक्षित हुन्छन् । तपाईं हाम्रो सानो हेल्चक्राईंले स्वास्थ्यकर्मी संक्रमित भए बिरामीले समयमा उपचार पाउँदैनन्, सुरक्षाकर्मी संक्रमित भए सुरक्षाबाट वन्चित हुन्छौं, सञ्चारकर्मी संक्रमित भए सही सूचना समयमा नपाउन सक्छ अनि सरसफाइकर्मी संक्रमित भए तपाईंको घरदैलो फोहोर समयमा नउठ्न सक्छ ।

यदि यसो भयो भने फेरि अर्काे समस्या निम्तिन सक्छ । त्यसकारण प्रशासनका नियम र जनस्वास्थ्यका मापदण्ड पालना गर्न कन्जुस्याई नगरौं ।

Skip This
Logo