नेकपाले मंसिरभित्र सदस्यता नविकरण गर्ने

नेकपाले मंसिरभित्र सदस्यता नविकरण गर्ने


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी सदस्यहरुको सदस्यता नविकरण मंसिरभित्र गरिसक्ने भएको छ । आइतबार संगठन विभागको बैठक बसेर सदस्यता नविकरणबारे निर्णय गरेको हो ।

नेकपामा २०७४ सालदेखि कुनै पनि सदस्यहरुको सदस्यता नवीकरण हुन सकेको छैन । तत्कालीन पूर्वएमालेका ५ लाख र पूर्व माओवादी केन्द्रका ३ लाख गरी करिब ८ लाख पार्टी सदस्य रहेको नेकपाको दाबी छ ।

यदापी माओवादी केन्द्रका सदस्यहरुको अभिलेख कमजोर रहेकाले मंसिरभित्रै सदस्यता नविकरणको काम टुंग्याउन निकै सकस हुनेछ ।

Logo