काठमाडौं उपत्यकामा आज ५९७ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ५९७ जना संक्रमित थपिए


काठमाडौं ।

काठमाडौं उपत्यकामा आज ५९७ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ४८३ , भक्तपुरमा ८१ र ललितपुरमा ३३ जना थपिएका हुन् । विहिबार ५७२ जना थपिएका थिए । शुक्रबार ६९६ जना थपिएका थिए । शनिबार ४३१ जना थपिएका थिए ।

अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा ९,५८६ , भक्तपुरमा ९८८ र ललितपुरमा १,१६२ पुगेको छ । यो सँगै उपत्यकामा अब संक्रमितको संख्या ११,७३६ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४५ पुगेको छ । आज मात्र ९ जनाको मृत्यु भएको छ । विहिबार ५ जनाको मृत्यु भएको थियो । शुक्रबार ५ जनाको मृत्यु भएको थियो । शनिबार १४ जनाको मृत्यु भएको थियो ।

नेपालमा कोरोना संक्रमितको संख्या ५४,१५९ पुगेको छ । आज १,०३९ जना थपिएका छन् । शनिबार १,२०१ जना थपिएका थिए । शुक्रबार १,४५४ जना थपिएका थिए । यस्तै विहिबार १,२४६ जना थपिएका थिए ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ३८ हजार ६९७ पुगेको छ । आज निको हुनेको संख्या १,१७३ छ । शनिबार ८५२ जना निको भएका थिए । शुक्रबार ९७२ जना निको भएका थिए । यस्तै विहिबार १,८१८ जना निको भएका थिए । आज ९,१६५ पिसिआर गरिएको थियो । आज सक्रिय संक्रमितको संख्या १५,११७ छ ।

Logo