#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व568975335229829048552432600
नेपाल7724613155

अष्ट्रेलियामा एक नेपालीले गरे बलात्कार, भागेर पुगे अमेरिका

Photo: southasia.com.au

काठमाडौं । एक महिलामाथि जबरजस्ती करणी गरी अमेरिका भागेका एक नेपालीलाई अष्ट्रेलिया ल्याईएको छ । बलराम शिव नाम गरेका नेपाली युवकलाई अष्ट्रेलियन प्रहरीले अमेरिकन प्रहरीको सहयोगमा पक्राउ गरी अस्ट्रेलिया ल्याएको हो ।

पर्यटक भिसामा अस्ट्रेलिया घुम्न आएका ३५ वर्षीय बलरामले सन् २०१७ को जुनमा कार्लटनस्थित एक अपार्टमेन्टमा २१ वर्षीय स्थानीय महिलामाथि बलात्कार गरेका थिए । आरोपित बलराम अमेरिकाको न्यूयोर्कबाट पक्राउ परेका हुन् ।

घटना घटेको केही दिनमै घुम्न आएका आरोपित संयुक्त राज्य अमेरिका फर्केका थिए । यसरी अस्ट्रेलियन भूमिमा गलत काम गरी अमेरिका पुगेर बसेका निजलाई ती अस्ट्रेलियन युवतीको उजुरीका आधारमा खोजी सुरु गरिएको थियो।

संयुक्त राज्यसँगको सुपुर्दगी सन्धिअनुरुप प्राप्त वारेन्टको आधारमा न्यु साउथ वेल्स प्रहरीका सेन्टजर्ज इलाका कमाण्डका केही सदस्य आरोपितलाई प्रक्राउ गर्न न्युयोर्क पुगेका थिए।

उनलाई न्युयोर्कमा स्थानीय प्रहरीको सहयोगमा लस एन्जल्सबाट अष्ट्रेलियन प्रहरीले हिरासतमा लिएको हो । सिड्नी ल्याईएका ती अभियुक्तलाई न्यु साउथ वेल्सको पारामाटा अदालतमा उपस्थित गराईएको छ । उनलाई बिना सहमति यौन सम्पर्क गरेको आरोप छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार