पल शाहलाई थुनामा पठाउन तनहुँ जिल्ला अदालतको आदेश

पल शाहलाई थुनामा पठाउन तनहुँ जिल्ला अदालतको आदेश


नाबालिग बलात्कार प्रकरणमा जिल्ला अदालत तनहुँले पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।  

तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि बिहीबार शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

जिल्ला अदालतमा शाहिवरुद्ध बुधबार र  बिहीबार पक्ष-विपक्षमा बहस भएको थियो । बहस सकिएपछि बिहीबार सो आदेश आएको हो ।  

एक नाबालिका गायिकाले दिएको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले शाहविरुद्ध १४ वर्ष कैद सजाय माग गर्दै अदालतमा अभियोग पत्र दर्ता गरेको थियो । प्रतिवादीद्वय पल शाह र कृष्ण जोशीको पक्षबाट ११ जना र जाहेरवालाको तर्फबाट ७ जना कानुन व्यवसायीले बहस गरेका थिए । जोशीसँग भने अदालतले एक लाख रुपैयाँ धरौटी माग गरेको छ । 

Logo