किचनबाट निस्किएको फोहोरलाई २४ घण्टाभित्रै मलमा परिणत गर्ने ‘टोगो कम्पोष्टिङ मेसिन’

किचनबाट निस्किएको फोहोरलाई २४ घण्टाभित्रै मलमा परिणत गर्ने ‘टोगो कम्पोष्टिङ मेसिन’


सहरी क्षेत्रमा देखिने समस्यामध्ये भान्साबाट निस्कने फोहोरको व्यवस्थापन पनि चुनौतीपूर्ण छ। कुहिने र नकुहिने फोहोरका कारण भान्साघर कहिले दुर्गन्धित बन्छ त कहिले किराभुसुनाले हैरान बनाउँछन् । समयमा व्यवस्थापन गर्न नसके भान्साघरको वातवरण नै धुमिल बनिदिन्छ । गर्मीको समयमा त फोहोर चाँडै कुहिने हुनाले यस्तो समस्याले झनै सताउँछ। कहिलेकाँही महिनौंसम्म पनि संकलन नहुँदा गल्लीगल्लीमा फोहोरको डंगुर नै लाग्ने गरेको छ। जसले सहर नै दुर्गन्धित मात्र हैन सरुवा रोगको जोखिम पनि उत्तिकै हुन्छ। बाटो हिड्नेले पनि सास्ती भोग्ने गरेका छन् । 

हरेक समस्याको समाधान हुन्छ। भान्साबाट मात्रै हैन हरेक क्षेत्रबाट निस्किएको फोहोर व्यवस्थापनका लागि उपाय छन् । घर, रेस्टुरेन्ट, विद्यालय, कलेज, कार्यालय, कृषिक्षेत्र, कारखानाबाट निस्किएको सबै फोहोरको व्यवस्थापन २४ घण्टाभित्रै हुन्छ भन्दा तपाईं नपत्याउन सक्नु हुन्छ तर यथार्थ यही हो। यसका लागि 'टोगो कम्पोष्टिङ मेसिन' बजारमा आइसकेको छ। 

मार्गन लाइफ नेपाल केयर प्रा.लि.ले बजारमा ल्याएको यस मेसिनले दैनिक उपभोग्य सामानबाट घरमा निस्कने फोहोरलाई २४ घण्टाभित्र कम्पोस्ट मलमा रुपान्तरण गरिदिन्छ। त्यो पनि विना दुर्गन्ध । मेसिनबाट कुहिने, नकुहिने र पुनः प्रयोग गर्न मिल्ने फोहोर सजिलैसँग छुट्याउन सकिन्छ । हरित प्रविधि र इन्जिनियरिङलाई एकीकृत गरेर आफ्नो लागि शतप्रतिशत जैविक फोहोरलाई छिट्टै प्रयोग गर्न मिल्ने र बाँकी फोहोरलाई पुनः प्रयोग र रिसाइकल गर्न छुट्याउन सकिन्छ।  

एडीबीले २०१३ मा नेपालका ५८ नगरपालिकामा गरेको अध्ययनमा उत्पादन भएको मध्ये सामान्यतया उत्पादित फोहोरको ५० देखि ७५ प्रतिशतसम्म योगदान पुर्याउँछ। यो मेसिनद्वारा घरेलु फोहोरको औसत ६६ प्रतिशत जैविक फोहोरबाट कम्पोष्ट मल उत्पादन गर्न सकिन्छ तर फोहोर व्यवस्थापनको कमजोर अभ्यासका कारण जैविक फोहोरको ७० प्रतिशत फोहोरको असर बाहिर पनि जान्छ। बाहिरको अभाव, अपर्याप्त प्राविधिक सीप र जनचेतनाको न्यूनस्तरले नेपालमा एकीकृत फोहोर व्यवस्थापनमा समस्या थपिँदै गएको छ। 

अब हामी सबैले यस्तो समस्या कम गर्ने र समाधानको एक हिस्सा बन्न योगदान गर्दै थप दिगो दृष्टिकोण तर्फ अघि बढ्ने समय आएको छ । यस्तो काम हाम्रो आफ्नै घर, कार्यालय र कार्यस्थलबाट सुरु हुन्छ। मार्कोन लाइफ नेपाल कियर प्रा.लि.का सञ्चालक सञ्जय श्रेष्ठ भन्छन्, “टोगो कम्पोष्टिङ मेसिन हामीले घरको फोहोरबाट मल बनाउने मेसिन बजारमा ल्याएका छौं । यसमा विभिन्न क्यापसिटिक आउँछ। यसले हाम्रो किचनबाट निस्किएको फोहोरलाई २४ घण्टाभित्र मलमा परिणत गर्छ ।”

त्यसका साथै, पछिल्लो समय फोहोर व्यवस्थापन गर्न कठिन भएर तत्कालै फोहोर उठ्न नसकेको अवस्थामा प्रत्येक घरमा यो मेसिन हुने हो भने सजिलै समाधान गर्न सकिने उनी बताउँछन् । उनी भन्छन्, “अहिले सडकको फोहोर व्यवस्थापन हुन नसकेको अवस्था छ । यस्तो अवस्थामा यो मेसिन हरेक घरमा हुने हो भने घरबाट निस्किने फोहोर व्यवस्थापन गर्न सहज हुन्छ।

त्यो फोहोर ७० प्रतिशत अर्गानिक वेष्ट हुन्छ र ३० प्रतिशत रिसाइकल हुन सक्छ त्यस्तो फोहोरलाई हामीले छुट्याउन सक्छौँ । कुहिने र नकुहिने फोहोर सजिलैसँग छुट्याउन सक्छौँ । जति प्रतिशत फोहोर मागिरहन्छ त्यो फोहोर व्यवस्थापन गर्नलाई सजिलो हुन्छ । जुन अहिले फोहोर व्यवस्थापन गर्नलाई महानगरपालिका वा सरकारलाई डम्पिङ साइट खोज्नुपर्ने छैन ।”

नेपाली बजारमा कति सहज, कति असहज ?
इन्डियाको मेनिफ्याक्ट्री कम्पनीमा बनेको यो मेसिनको मूल्य नेपाली बजारमा १ लाख २५ हजार रुपैयाँ पर्छ। यो मेसिन आफ्नो भान्सा कोठामा सजिलैसँग राख्न मिल्ने हुनाले प्रयोग गर्न सजिलो छ। 

श्रेष्ठ भन्छन्, “यो मेसिन सानो हुने भएर आफ्नो भान्सा कोठामा सजिलै राख्न सकिन्छ । किचनमा राख्दा यसबाट गन्ध आउँदैन । किरा भुसुना भन्किने पनि हुँदैन ।”

त्यस्तै ठूला ठूला रेष्टुरेन्टहरुका लागि पनि यस्तो मेसिन पाउन सकिन्छ । २० केजी, ५० केजी, १०० केजी, २०० केजीदेखि लिएर १० टनसम्मको मल बनाउन सक्ने क्षमता भएको यस्तो मेसिन बजारमा उपलब्ध छ। श्रेष्ठ फेरि थप्छन्, ठूला ठूला  रेष्टुरेन्टहरुका लागि पनि यस्तो मेसिन सजिलै पाउन सकिन्छ ।  तर हामीले अहिले बजारमा ल्याएको चाहीँ घरमा प्रयोग हुने मात्र हो । आवश्यकता भयो भने हामी नगरपालिकाको जति फोहोर उत्पादन हुन्छ त्यसलाई सजिलै व्यवस्थापन गर्न सकिने किसिमको टेक्नोलाजी उपलब्ध गराउँछौँ।”

Logo