‘जनयुद्ध स्मृति टावर’ उद्घाटन गर्न दाहाल रोल्पा जाँदै

‘जनयुद्ध स्मृति टावर’ उद्घाटन गर्न दाहाल रोल्पा जाँदै


नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले १० वर्षे माओवादी युद्धका सहिदहरुको स्मृतिमा निर्माण गरिएको ‘जनयुद्ध स्मृति टावर’को उद्घाटन गर्न सोमबार रोल्पा जाँदैछन् । युद्ध पर्यटनलाई टेवा पुर्याउनेगरी रोल्पा नगरपालिकाले ‘जनयुद्ध स्मृति टावर’को निर्माण गरेको हो ।

करिब ६ करोडमा निर्माण सम्पन्न टावरको मध्याह्न दाहालले उद्घाटन गर्ने मेयर पूर्ण केसीले जानकारी दिए । टावरमा माओवादी १० वर्षे सशस्त्र विद्रोहको क्रममा सहादत प्राप्त गरेका एक हजार बढी सहिदको नाम र कतिपयको शालिक पनि राखिएको छ । यसपछि दाहालले पार्टीले लिबाङको टुँडिखेलमा आयोजना गर्ने आमसभालाई सम्बोधन गर्नेछन् ।

Logo