अल्ट्रालाइट दुर्घटना

पोखरामा अल्ट्रालाइट अवतरण गर्ने क्रममा दुर्घटना भएको छ । हेलिएअर कम्पनीको अल्ट्रालाइटमा चालक फ्रान्सका ४५ वर्षीय एरिक र गैंडाकोट नगरपालिकाका नवलपरासीका यात्रु ३५ वर्षीय अनिश भट्टचन सवार थिए ।

दुर्घटनाबाट ठूलो क्षति भने नभएको पोखरा विमानस्थलका सूचना अधिकारी काशीनाथ पौडेलले जानकारी दिए । दिउँसो १ बजेर ४५ मिनेट जाँदा उडान भरेको अल्ट्रालाइट २ बजेर १५ मिनेटमा विमानस्थलको पूर्वी धावनमार्गबाट अवतरण गर्ने क्रममा दुर्घटनामा परेको विमानस्थलका सूचना अधिकारी पौडेलले जानकारी दिए ।

अल्ट्रालाइटका दुई वटै पंखामा खराबी भएका कारण दुर्घटना भएको हुन सक्ने उनले जानकारी दिए ।