एमसीसीबारे द्विविधा भए बाल्कोट र खुमलटार जान गगन थापाकाे सुझाव (भिडियाे)

एमसीसीबारे द्विविधा भए बाल्कोट र खुमलटार जान गगन थापाकाे सुझाव (भिडियाे)


नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसीबारे द्विविधा भए बाल्कोट र खुमलटार जान सुझाव दिएका छन् । कांग्रेसकाे घर घर जाउँ कांग्रेस जिताउँ, अभियान अन्तर्गत एक कार्यक्रममा बाेल्दै थापाले यस्ताे सुझाव दिएका हुन् । 

यस्तै थापाले एमसीसी देशकाे विकासका लागि थप सहयाेग भएकाले यसबारे छरिएका भ्रम हटाउनु पर्ने पनि बताए । 

शुक्रबारदेखि जारी केन्द्रीय समिति बैठकमा पनि महामन्त्री थापाले कम्युनष्निटहरुले एमसीसीमा भ्रम छरेकाे बताएका थिए । 

उनले अब पनि कम्युनिष्टहरुकाे भारी बोकेर चुनावमा गए त्यसले लाभ भन्दा धेरै क्षति पुर्‍याउने चेतावनीसमेत दिएका छन् । 

 

Logo