नेपालको लगातार दोस्रो जित, मलेसिया ६ विकेटले पराजित

नेपालको लगातार दोस्रो जित, मलेसिया ६ विकेटले पराजित


त्रिदेशीय टी-२० क्रिकेट सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ । याेसँगै नेपाल ४ अंकमा तालिकाको शीर्ष स्थान उक्लिएको छ । मलेसियाको २ अंक छ भने पपुपा न्युगिनी (पीएनजी) अंकविहीन छ । 

कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो । मलेसियाले दिएको ११५ रनको मध्यम लक्ष्य नेपालले १३.४ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

नेपालको जितमा आसिफ शेखले ५७ रनको योगदान गरे । ३८ बलको सामना गरेका आसिफले एक छक्का र ७ चौका प्रहार गरे । दिलिप नाथ १५ र कुशल मल्ल २ रनमा नटआउट रहे ।  

कुशल भुर्तेललाई १ रनमा गुमाएको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २१ र रोहितकुमार पौडेलले १२ रन बनाए । 

पवनदीप  सिंहले २  विकेट लिएपनि हार भने टार्न सकेनन् । 

यसअघि पहिला व्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ८ विकेट गुमाएर ११४ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो । 

मलेसियाका जुबैदी जुल्किफ्लेले सर्वाधिक ३२ रन बनाए। कप्तान अहमेद फैजले २४, मुहम्मद अमिर १६ र सेद अजिजले १४ रन बनाए। मलेसियाका ६ जना ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् । 

सन्दीप लामिछाने र करण केसीले समान दुई विकेट लिए। अविनाश बोहरा, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको नाममा एक एक विकेट रह्यो । 

आफ्नो तेस्रो खेलमा नेपालले बिहीबार पपुवा न्युगिनी (पीएनजी)सँग प्रतिस्पर्धा गर्नेछ । सिरिजको पहिलो खेलमा पीएनजी १५ रनले नेपालसँग पराजित भएको थियो । 

Skip This
Logo