चितवनमा गुडीरहेको ट्रकमा अचानक आगलागी

चितवनमा गुडीरहेको ट्रकमा अचानक आगलागी


चितवनको भरतपुर महानगरपालिका-२९ सत्र किलोमा गडीरहेको ट्रकमा अचानक आगलागी भएको छ । सर्लाहीबाट इँटा बोकेर काठमाडौं आउँदै गरेको प्रदेश २-०३-००१ ख ६५८७ नम्बरको ट्रकमा आज सविहान करिव ६ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ट्रक गुडिरहेको अवस्थामा ब्याट्रीको तार सर्ट भई आगलागी हुँदा ट्रक पूर्ण रूपमा क्षति भएको प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले जानकारी दिनुभयो ।
 

Logo