भारत भ्रमणअघि लोसपा नेतासंग देउवाको भेट, लोसपासंग तीन प्रतिवद्धता

भारत भ्रमणअघि लोसपा नेतासंग देउवाको भेट, लोसपासंग तीन प्रतिवद्धता


प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्ष दल लोकतान्त्रिक समाजवादी पार्टीलाई नागरिकता विधेयक अगाडि बढाउनेलगायत तीन विषयमा प्रतिवद्धता जनाएका छन् ।

भारत भ्रमणमा जानु अघि महन्थ ठाकुर नेतृत्वको लोसपाका शीर्ष नेतालाई वालुवाटारमा भेटघाट गरी तराई-मधेस आन्दोलनमा पक्राउ परेर जेल जीवन बिताइरहेका नेताहरुको मुद्दा फिर्तालगायतका विषयमा प्रतिवद्धता जनाएका हुन् ।

‘प्रधानमन्त्रीज्यूले लोसपाका नेताहरुसँग तीनवटा प्रतिवद्धता जनाउनु भएको छ,’ लोसपा कार्यकारिणी सदस्य केशव झाले न्युज कारखानासँग भने, ‘पहिलो बजेट अधिवेशनमा नागरिकता विधेयक पेश गर्ने, दोस्रो मुद्दा फिर्ताका बारेमा जानकारी लिन महान्यायधिवक्तालाई निर्देशन दिनु भएको छ ।’

स्थानीय तहमा चुनावी गठबन्धनका बारेमा भारत भ्रमणवाट फर्केपछि पाँच दलीय गठबन्धनमा छलफल गरेर आवश्यक निर्णय लिने तेस्रो प्रतिवद्धता जनाएको झाले जानकारी दिए । उनका अनुसार भारत भ्रमणबाट फर्के लगत्तै पुनः प्रधानमन्त्री र लोसपाका शीर्ष नेताहरु बसेर निष्कर्षमा पुग्नेछन् । 

Skip This
Logo