श्रीलंकामा आर्थिक संकट : डिजेलको भण्डारण रित्तियो, आन्दोलन हिंसात्मक बन्दै

श्रीलंकामा आर्थिक संकट : डिजेलको भण्डारण रित्तियो, आन्दोलन हिंसात्मक बन्दै


श्रीलंकामा बिहीबार देखि देशमा रहेको डिजेलको भण्डारण पूर्ण रुपले सकिएको बताइएको छ । हाल श्रीलंकामा इन्धन अभावको कारण २ करोड भन्दा बढी जनताले दिनको १३ घण्टा भन्दा बढी बिजुलीको कटौती भोगिरहेका छन् ।

यस्तोमा जनता प्रदर्शनमा उत्रिएका छन् । जारी आर्थिक संकटका कारण इन्धनको चरम अभाव सुरु भएसँगै आन्दोलनले हिसांत्मक रुप लिदै गएको छ ।वैदेशिक मुद्राको कमी हुँदा श्रीलंकाले बहिरी मुलुकबाट इन्धन आयात गर्न सकिरहेको छैन ।

जारी आर्थिक संकटको कारण आक्रोशित श्रीलंकनहरुले हाल देशका विभिन्न स्थानमा आन्दोलन गरिरहेका छन् भने आन्दोलनले हाल हिसांत्मक रुप लिदै गैरहेको छ ।

बिहीबार श्रीलंकन राष्ट्रपति राजपाक्सा गोटाबेको निवास अघि भएको प्रदर्शनमा समेत दोहोरो झडप भएको छ भने झडपको कारण भएको क्षतिको भने हाल सम्म विवरण सार्वजनिक भएको छैन । 

Logo