ढिस्कोले पुरिएर भक्तपुरमा दुई जनाको मृत्यु

ढिस्कोले पुरिएर भक्तपुरमा दुई जनाको मृत्यु


भक्तपुरको ताथलीमा प्लानिङको ढिस्कोले पुरिएर दुई जनाको ज्यान गएको छ।

चाँगुनारायण नगरपालिका वडा नम्बर ९ ताथलीमा चम्पा कुस्माले गरेको जग्गा प्लानिङमा वाल लगाउने काम गर्ने दुई जनाको ज्यान गएको हो।

ज्यान गुमाउनेमा काभ्रे चौरी देउराली गाउँपालिका-३ का ५० वर्षका वर्षमान तामाङ र नमोबुद्ध नगरपालिका-९ का ३२ वर्षीय चतुरमान तामाङ रहेका छन्। घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

Logo