काभ्रे जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या ३७९, निको हुने कति ?

काभ्रे जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या ३७९, निको हुने कति ?


काठमाडौं ।

विश्वभरि बढ्दै गएको कोरोना संक्रमणले नेपालका सबै जिल्ला प्रभावित भएका छन् । हालसम्म करिव ५२ हजार व्यक्ति संक्रमित रहेको अवस्थामा काभ्रेमा पनि दैनिकरुपमा संक्रमणदर बढी रहेको छ ।

आजसम्म काभ्रे जिल्लामा कोरोना संक्रमितको संख्या ३७९ जना रहेका छन् । जसमध्ये १४४ जना महिला र २३५ पुरुष छन् । २ जनाको मृत्यु भएको छ भने निको हुनेको संख्या १९५ जना रहेका छन् ।

हालसम्म काभ्रेमा विभिन्न जिल्लासमेत गरि ५ जनाको मृत्यु भएको छ । जस मध्ये ३ जना अन्य जिल्लाका रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्रकुमार झाले केन्द्रबिन्दुलाई जानकारी दिएका छन् ।

जिल्लाभर सबैभन्दा बढी संक्रमित बनेपा र धुलिखेल नगरपालिकामा रहेका पनि उनले बताए ।

Logo