कमलसिंह ऐरी ६ साता मैदान बाहिर

कमलसिंह ऐरी ६ साता मैदान बाहिर


नेपाली राष्ट्रिय क्रिकेट टोलीका पेस बलर कमलसिंह ऐरी करिब ६ साता मैदानबाट बाहिर रहने भएका छन्।

त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० शृंखलाअन्तर्गत शनिबार मलेसियाविरुद्ध भएको खेलमा फिल्डिङ गर्ने क्रममा कमलसिंहको कुमको हड्डीमा चोट लागेको थियो। खेल दौरान उनलाई तत्काल अस्पताल पुर्‍याइएको थियो। 

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार बिहान नेपाल नेसनल हस्पिटल, कलंकीमा कमलसिंहको शल्यक्रिया भएको जनाएको छ। कमलको शल्यक्रिया डा‍ निरज केसी र डा. निरञ्जन सुवेदीको टिमले गरेकाे हाे।

लिगको अन्तिम खेलमा नेपालले मलेसियामाथि ८५ रनको जित निकालेको थियो। उक्त जितसँगै नेपालले शतप्रतिशत जितसहित शृंखलाको फाइलनको टिकट काटेको थियो। फाइनल खेल साेमबार हुनेछ। उपाधिका लागि नेपालले पपुवा न्युगिनी (पीएनजी)सँग खेल्नेछ।

Logo