पर्यटकको संख्या बढ्यो, तीन महिनामा ७९ हजार पर्यटक नेपाल भित्रिए

पर्यटकको संख्या बढ्यो, तीन महिनामा ७९ हजार पर्यटक नेपाल भित्रिए


कोरोना महामारी मत्थर हुँदै गएपछि नेपाल आउने पर्यटकको संख्या बढ्न थालेको छ। अध्यायगमन विभागका अनुसार सन् २०२२ सुरु भएपछिको तीन महिना (जनवरी, फेब्रुअरी र मार्च) मा नेपालमा कूल ७८ हजार ७४७ जना पर्यटक भित्रिएका छन्। 

सोही अवधिमा नेपाल आएका ६९ हजार ३२८ जना पर्यटक स्वदेश फर्किएको विभागले जनाएको छ। यो तथ्याङ्क त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रने पर्यटकको मात्र हो। 

विभागको तथ्याङ्क अनुसार पछिल्लो तीन महिनामा कूल १ लाख ४८ हजार ७५ जना पर्यटकले नेपालमा आवतजावत गरेको देखिन्छ। 

गत मार्च महिनामा मात्र नेपालमा ७६ हजार ४२ जना पर्यटक आवतजावत गरेका थिए । यी मध्ये ४२ हजार ६ जना नेपाल आएका थिए भने ३४ हजार ३६ जना नेपालबाट स्वदेश फर्केिएका थिए। 

विभागका अनुसार गएको जनवरीमा नेपालमा १६ हजार ९७५ जना पर्यटक भित्रिएका थिए। सोही समयमा १७ हजार ९८४ जना पर्यटक स्वदेश फर्केिएका थिए। 

गत फेब्रुअरी महिनामा नेपालमा कूल ३७ हजार ७४ जना पर्यटक आवतजावत गरेका थिए। यी मध्ये नेपाल आउनेको संख्या १९ हजार ७६६ रहेको थियो भने नेपालबाट स्वदेश फर्कनेको संख्या १७ हजार ३०८ रहेको थियो ।

Skip This
Logo