स्पेनिस ला लिगा : पेड्रीको निर्णायक गोलमा बार्सिलोना दोस्रो स्थानमा

स्पेनिस ला लिगा : पेड्रीको निर्णायक गोलमा बार्सिलोना दोस्रो स्थानमा


युवा खेलाडी पेड्रीको निर्णायक गोलमा सेभियालाई १-० अन्तरले पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ।

आइतबार राति घरेलु मैदान नोउ क्याम्पमा पेड्रीको गोलसँगै क्याटलान क्लब बार्सिलोनाले दोस्रो स्थानको सेभिया र एट्लेटिको मड्रिडलाई पछि पार्‍याे। 

पेड्रीले खेलको ७२ औं मिनेटमा औसमाने डेम्बेलेको पास सदुपयोग गरे।

जितसँगै २९ खेलबाट ५७ अंक जोड्दै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ। सेभिया समान अंक भए पनि चौंथो स्थानमा छ। 

Skip This
Logo