मार्चमा ४२ हजार बढी विदेशी पर्यटक भित्रिए, काेभिडपछि सबैभन्दा बढी

मार्चमा ४२ हजार बढी विदेशी पर्यटक भित्रिए, काेभिडपछि सबैभन्दा बढी


सन् २०२२ को मार्च महिनामा ४२ हजारभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। नेपाल पर्यटन बोर्डले अध्यागमन विभागलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार मार्चमा हवाई मार्ग भएर कूल ४२ हजार ६ जना पर्यटक नेपाल भित्रिएका हुन्। 

अघिल्लो वर्ष सन् २०२१ को मार्च महिनामा १४ हजार ९७७ पर्यटक नेपाल आएका थिए। वर्षको मार्च महिनाको पर्यटक आगमन कोभिड महामारीपछि सबैभन्दा बढी हो। यो वर्षको सुरुआती महिनादेखि निरन्तररूपमा विदेशी पर्यटक आगमन बढिरहेको छ। 

सन् २०२२ को जनवरीमा १६ हजार ९७५ र फेब्रुवरीमा १९ हजार ७६६ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपालमा हिमाल आरोहणको सिजन भएकाले पनि विदेशी पर्यटक बढेका हुन्। वसन्त यामको हिमाल आरोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी नेपाल आउने गर्छन्।

Logo