हुम्लाका सबै पालिकामा चुनावी तालमेल गर्ने सत्ता गठबन्धनको निर्णय

हुम्लाका सबै पालिकामा चुनावी तालमेल गर्ने सत्ता गठबन्धनको निर्णय


आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलले हुम्लाका सबै पालिकामा चुनावि तालमेल गर्ने भएका छन् । गठबन्धन दलको बसेको बैठकले हुम्लाका सात गाउँपालिका तथा ती पालिकाका ४४ वडामा गठबन्धनका दलहरुबीच तालमेल गर्ने निर्णय गरेको एकीकृत समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष तीर्थराज रोकायाले जानकारी दिए ।

कांग्रेस हुम्लाका सभापति मोहनविक्रम सिंहको अध्यक्षतामा बसेको गठबन्धनको बैठकले निर्वाचनमा तीनै दल कांग्रेस, माओवादी केन्द्र र एकीकत समाजवादीबीच तालमेल गरेर जाने निर्णय गरेको हो ।

चुनावी अभियानका क्रममा गाउँघरमा कार्यक्रम सञ्चालन गर्दा गठबन्धनलाई असर पर्नेगरी अभिव्यक्ति नदिनेसमेत सहमति पनि भएको कांग्रेस हुम्लाका सभापति सिंहले बताए । गठबन्धनको अर्को बैठक २६ चैतमा बस्नेछ ।

Logo