वालुवाटारमा गठबन्धनको बैठक जारी

वालुवाटारमा गठबन्धनको बैठक जारी


सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक जारी छ ।  वालुवाटारस्थित प्रधानमन्त्री निवासमा पाँच दलीय गठबन्धन बसिरहेको हो । स्थानीय तहको निर्वाचनमा कसरी गठबन्धन गर्ने भन्ने मोडालिटीका बारेमा छलफल गर्नका लागि सो बैठक बसेको हो ।  गत १७ चैतमा बसेको गठबन्धनको बैठकले निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको थियो ।

तर तालमेल मोडालिटिबारे छलफल भएको थिएन । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको दुई दिने औपचारिक भ्रमण गरेर स्वदेश फर्किएपछि गठबन्धनको बैठक बस्ने भएको हो । आजको बैठकमा तालमेलको मोडालिटी टुंग्याउनेगरी छलफल हुने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताइन् ।

Logo