विवाहको प्रलोभन देखाई ४२ लाख ठगी, एक जना पक्राउ

विवाहको प्रलोभन देखाई ४२ लाख ठगी, एक जना पक्राउ


विवाह गर्ने प्रलोभन देखाई करिब ४२ लाख ३४ हजार रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं धापासी बस्ने रामेछाप साँघुटार नगरपालिका–३ घर भएका ५२ वर्षीय नबिन भन्ने लोकबहादुर श्रेष्ठ रहेका छन्। उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो। 

उनले विवाह गर्ने प्रलोभन देखाई पीडितलाई आफू अस्पतालमा रहेको जनाउँदै पटक पटक रकम पठाउन लगाएको प्रहरीले जनाएको छ। 

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले ठगी गर्ने कार्यमा संलग्न श्रेष्ठलाई काठमाडौं बिशाल नगरबाट पक्राउ गरेको हो। उनलाई ठगी कसुर अन्तर्गत थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ।

Logo