प्रेमध्वज प्रधान र शम्भुजित बाँस्कोटाले पाए यस्तो सम्मान (भिडियोमा)

काठमाडौं । भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७५” वरिष्ठ गायक प्रेमध्वज प्रधान र वरिष्ठ संगीतकार शम्भुजीत बॉस्कोटालाई प्रदान गरिएको छ ।

भक्तराज आचार्य संगीत प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिँदै आएको यो सम्मान यस वर्षका लागि प्रधान र बॉस्कोटाले पाएका हुन् । एक कार्यक्रमको आयोजना गरेर गायनतर्फ वरिष्ठ गायक प्रेमध्वज प्रधान र संगीततर्फ वरिष्ठ संगीतकार शम्भुजीत बॉस्कोटालाई उक्त पुरस्कारले सम्मान गरिएको हो ।

हरिप्रसाद रिमाल र चन्द्रराज शर्मालाई सम्मानित गर्दै यो सम्मानको सुरुवात गरिएको हो ।प्रतिष्ठानाले संगीतकर्मी कल्याणकारी कोषलाई आर्थिक सहयोग र रोयल्टी समेत प्रदान गरेको थियो । सामाजिक र साङ्गितिक कार्यहरुमा क्रियाशील रहेको भक्तराज आचार्य संगीत प्रतिष्ठानले विगत २ वर्ष यता गायन र संगीत क्षेत्रका श्रस्टाहरुलाई हरेक वर्ष सम्मान गर्दै आएको छ ।

यस वर्षको सम्मान कार्यक्रम प्रतिष्ठानले सिटी एक्सप्रेस मनि ट्रान्सफरको मुख्य सहयोगमा कुपन्डोलको होटल सम्मिटमा आयोजना गरेको थियो । कार्यक्रममा भक्तराज आचार्यका छोराहरु गायक सत्यराज आचार्य र स्वरुपराज आचार्यले सांगीतिक कोसेली प्रस्तुत गरेका थिए ।